१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

खेलले जोडेको नेपाली मन

खेलले जोडेको नेपाली मन
अ अ+ अ-

काठमाडौं । भूगोलका हिसावले नेपाल र अमेरिका ठीक विपरित ध्रुवमा छन् । तर पनि लाखौं नेपाली अमेरिकामा पुगेका छन् र त्यहाँ जीवन निर्वाह गरिरहेका छन् । भूगोल जतिसुकै टाढा भए पनि नेपालीको मन नेपालमै छ भन्ने पुष्टि विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताले गरेको छ । अहिले हजारौं नेपाली नेपाली क्रिकेट टोलीको खेल हेर्न मैदानमा पुग्ने गरेका छन् ।

देशको सम्बन्ध जत्तिकै खेलकुदको सम्बन्ध पनि विश्वव्यापी छ । अमेरिकामा बसोबास गर्दै आएका नेपालीले क्रिकेटप्रति देखाएको प्रेम र मोह साह्रै अनुकरणीय छ । अध्ययन र कामको सिलसिलामा अमेरिका पुगेका नेपालीहरुले देखाएको नेपाली क्रिकेट टोलीप्रतिको सद्भाव कहिल्यै विर्सन नसकिने छ । नेपाली टोलीलाई हौसला दिन राष्ट्रिय झन्डा बोकी खेल मैदानमा पुगेका हजारौं नेपालीले देखाएको देशप्रेमको भावना हामी सबै नेपालीलाई खुसी पार्ने खालकै छ ।

टेक्ससमा भएको नेपाल र नेदरल्यान्ड्सबीचको खेल होस् वा नेपाल र श्रीलंकाबीच हुने तय भएको तर पानी परेपछि रद्द भएको खेल हेर्न फ्लोरिडास्थित रंगशालामा पुगेकाहरु नै किन नहोस् हजारौंले राष्ट्रिय झन्डा र नेपाली टोलीको जर्सी लगाएर पुगेका थिए । खेलमा हारजित हुनु एउटा पक्ष हो तर नेपालीले सात समुद्रपार पुगेर पनि नेपाली टोलीप्रति देखाएको सद्भाव कहिल्यै भुल्न नसकिने खालको छ ।

विदेशी भूमिमा पुगेर नेपाली खेलाडीले उच्च मनोबलका साथ खेल्दा खेल्दै बलियो टिम नेदरल्यान्ड्ससँग पराजित भयो तर सन् २०१४ पछि विश्वकपमा अवसर प्राप्त गरेको नेपाली टोलीको अठोट र प्रयत्नलाई हामी सबैले मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । नेपाली टिमले खेलको नियमानुसार हारेर पनि नेपाली जनता र विश्व समुदायको मन जितेको छ । अझ विदेशमा रहेका नेपाली नागरिकको भावना समेट्न सकेको छ ।

नेपाली क्रिकेट टोलीले अहिले अमेरिकामा रहेका सबै नेपालीलाई नेपालसँग फेरि एक पटक जोडेको छ । भावनात्मक रुपमै नेपालीबीचको सम्बन्ध थप बलियो भएको छ । यो नेपाली खेलाडीका लागि अभूतपूर्व अवसरसमेत हो । यो खेलको माध्यमबाट विश्वभर छरिएर रहेका नेपालीको भावनालाई राष्ट्रिय गान, राष्ट्रिय झन्डा र खेलमार्फत् देशप्रेमसँग जोडियो । यसैगरी नेपालको पहिचान विश्वभर फैलाएर गौरव गर्न लायक जिम्मेवारी खेलाडीहरूले पूरा गरेका छन् । विश्वसामु देशको पहिचान र गौरवपूर्ण इतिहासका लागि यो विश्वकप क्रिकेट खेल प्रतियोगिता ऐतिहासिक र महत्त्वपूर्ण कोसेढुंगा सावित हुन पुगेको छ ।

खेलकुदको माध्यमबाट हामी नेपालीमा आस्था, विचार, दलतन्त्र र विभिन्न दलीय वादभन्दा माथि उठेर अभूतपूर्व रूपले भावनात्मक एकता हुन सम्भव छ भन्ने देखाएको छ । सरकारले राजनीतिभन्दा माथि उठेर नेपाली क्रिकेट खेलको विकासका लागि पर्याप्त भौतिक पूर्वाधार व्यवस्था गर्दै खेलाडीको मनोबल उच्च राख्नुपर्छ । यसले संसारभरका नेपालीलाई एकताको सुत्रमा बाँध्न पक्कै पनि सहयोग पुग्ने छ ।

खेलकुद राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरवसँग जोडिएको हुन्छ । खेलकुदमा मानिसहरूलाई एकताबद्ध गर्ने र समाजमा रहेका विभिन्न किसिमका भेदभावहरू तोड्ने शक्ति हुन्छ । किनभने, राष्ट्रका गहना भनिने खेलाडी सबैका साझा हुन्; उनीहरू जात, लिंग, धर्म, सम्प्रदायभन्दा माथि छन् ।

यसर्थ खेलाडीहरू राष्ट्रिय एकताका प्रतीक पनि हुन्; अनि त जब अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन्छ, सारा जनता आपसी मनमुटाव बिर्सेर एक हुन्छन् र आफ्नो देशका खेलाडीलाई समर्थन गर्न पुग्छन् । यसको उदाहरण बनेको छ अमेरिकामा जारी टि–ट्न्टी विश्वकप क्रिकेट ।
नेपाल र नेदरल्यान्डबीच भएको खेल हेर्न जम्मा भएका १५ हजारभन्दा बढी नेपाली समर्थकले आईसीसीको समेत ध्यान खिचेको छ ।

अमेरिकामा बसोबास गर्ने अन्य मुलुकका नागरिक पनि नेपालीहरुको भावनात्मक एकता र देशभक्ति देखेर चकित भएका छन् । अझ नेपाल र श्रीलंकाबीच हुने भनिएको खेल हेर्न त भारी वर्षाका बीच नेपालीहरु छाता ओडेरै रंगशालामा पुगेका थिए । खेल रद्द भयो तर नेपालीको भावनात्मक एकता बढाउन सहयोग पुग्यो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोली जहाँ पुग्छन्, त्यहाँ दर्शक पाउन कुनै समस्या छैन । क्रिकेट होस् या फुटबल नेपाली टोलीका समर्थक विश्वका जुनसुकै देशका जुनसुकै शहरमा पुग्ने गरेका छन् । यस्ता प्रतियोगितामा सहभागी भएर आपसी भाइचारा प्रकट गर्ने गर्दछन् । आपसी मनमुटाव बिर्सेर एकजुट भई आफ्नो टिमलाई समर्थन गर्न पुग्ने नेपालीहरु सबै काम बिर्सेर खेल हेर्ने समय निकाल्छन् ।

खेलकुदमा राजनीतिक, धार्मिक र सामाजिक हैसियतलाई बिर्सिएर समान भावना उत्पन्न गराउने शक्ति हुन्छ । धर्म, जात, वर्ग सबै बिर्सेर एकजुट भई साझा जोसमा केन्द्रित भई आफ्नो टोलीलाई समर्थन गर्न पुग्नु नै खेलकुदको विशेषता हो ।