७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

सुवास छर्न नसकेका नेम्वाङ !

सुवास छर्न नसकेका नेम्वाङ !
अ+ अ-

काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी विसं २०६९ चैतमा मन्त्रिपरिषदको अध्यक्ष बने । विसं २०६४ मा भएको निर्वाचनबाट बनेको संविधान सभाले नयाँ संविधान लेख्न नसकेपछि त्यसको चार वर्षमा स्वत: विघटन हुनपुग्यो । त्यसपछिको सरकारको नेतृत्व कसले गर्ने, अर्को निर्वाचन कुन पार्टीको सरकारको नेतृत्वले गर्ने भन्ने सहमति देशका प्रमुख दलहरुबीच हुन नसकेपछि सरकारको नेतृत्व स्वत: न्यायालयको हातमा गयो र रेग्मी नै मन्त्रिपरिषदका कार्यकारी अध्यक्ष भए ।

रेग्मी मन्त्रिपरिषदको अध्यक्ष भएपछि देशका कानुनविद्हरु यसको पक्ष र विपक्षमा निकै ध्रुवीकृत भए । धेरैले यो कार्यको विरोध नै गरे । त्यसका एकजना चर्का विरोधी थिए सुवास नेम्वाङ । कानुनी पृष्ठभूमिका उनी पूर्व सभामुख नै थिए । यो घटनापछि उनी मन्त्रिपरिषदको अध्यक्ष खिलराज रेग्मी बनेको घटनाको विरोध गर्न सभा सम्मेलन त के सर्वोच्च अदालत नै पुगे । उनले पनि रेग्मीका विरुद्धमा वकालत गरे । 

मिडिया प्रेमी नेम्वाङले बहस गर्ने भनेपछि धेरै मिडिया त्यहाँ पुगेका पनि थिए । उनले भनेका थिए– श्रीमान् मैले यसरी सर्वोच्च अदालतमा आएर वकालत नगरेको धेरै वर्ष भएको थियो, तर आज देश बर्बाद भएपछि, देश शक्तिपृथकीकरणको सिद्धान्तबाट बिचलित भएपछि र संविधानको वर्खिलापमा गएर प्रधानन्यायाधीशजस्तो व्यक्ति देशको प्रधानमन्त्री हुने लालचा राखेपछि मेरो अन्तर्मनले सुखै दिएन र देशमा कानुनी शासन बचाउन यहाँ आएको छु । उनी त्यतिमात्र रोकिएनन् कि रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाउने निर्णय भएको दिन चैत १ गतेलाई नेपालको कानुनी शासनको इतिहासमा एउटा कालो दिनको संज्ञा पनि दिए । 

उनको स्वाभाव प्रायः मिडियाको वरिपरि आइरहनै परेको हुन्छ । यस्तो स्वभावका उनले यसरी सभामुख भैसकेर पनि बहस गर्न गएपछि र त्यो दिनलाई कालो दिनकै संज्ञा दिएपछि त झन् समाचार नआउने कुरै भएन । भोलिपल्ट उनी राजधानीका अखबारका बाह्य पृष्ठमै छाए । त्यसपछिका एक दुई दिन उनले बहस गरे क्यारे, सबै मिडियाले उनलाई पछ्याएका थिए । 

यहाँसम्म कि सर्वोच्चले सो कदम समय र परिस्थितिजन्य हो र रेग्मीले नै आगामी निर्वाचन गराउने छन् भनी सर्वोच्चले फैसला गर्दा समेत उनले त्यो फैसलाको कडा विरोध गरेका थिए । उनले सर्वोच्चले गर्नै नमिल्ने काम गर्यो भनेका थिए । तर उनको नाम अनुसारको सुवासको गन्ध व्यवहारमा त्यतिबेला आएन जतिबेला उनी आफैले कालो दिन भनेका र नेपालको संवैधानिक इतिहासमै सबैभन्दा असंवैधानिक भनी संज्ञा दिएका खिलराज रेग्मीले गराउन लागेको निर्वाचनमा आफू नै लड्न तयार भए । उनी तिनै रेग्मी नेतृत्वको सरकारले गराएको निर्वाचनमा भाग लिनेमा पुगे र इलाम पुगेर उम्मेदवारी दिए । तर उनलाई लाज भने लागेन । चुनाव जितेर पनि आए । अनि पछि पनि फेरि सभामुख भए । 

अहिले पनि उनको नाम र व्यवहार देखेर धेरै मानिस चकित भएका छन् । पछि उनी संविधान मस्यौदमा बसेका थिए र आफूले बडो लोकतान्त्रिक र उत्कृष्ट संविधान तयार गरेको भनेर सारा मिडियालाई अन्तरर्वार्ता दिएका थिए । अहिले त्यसको असर देखिँदैछ । संसदमा कुनै दलको स्पष्ट बहुमत त के दुई तिहाईकै निकटमा बहुमत रहेका बेला प्रधानमन्त्रीले संसदको विघटन कसरी गर्न सक्छन् भन्ने कुरा संविधानमा यहाँनेर छ भनेर उनले केही भन्न सकेका छैनन् । त्यो व्यवस्था त छैन तर पनि उनी बोल्न सकेका छैनन् । 

प्रधानमन्त्रीले संसद विघटन गरेपछि उनले त्यस बेलाका मिडियालाई दिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा धेरैतिर आएको छ । त्यसमा उनले भनेका छन् कि– प्रधानमन्त्रीले आफूले स्वेच्छाचारी रुपमा संसदको विघटन गर्ने गरेका विगतका इतिहास रहेकाले अब भने प्रधानमन्त्रीले संसदमा बहुमत हुदाहुदै संसद विघटन गर्न नपाउने प्रावधान राखेका छौँ । 

तर अहिले उनी बोल्दैनन् । उनले मिडिया हेर्दैनन् या सामाजिक सञ्जाल चलाउँदैनन् भन्न किन मिल्दैन भने उनी दिनहूँ कुनै न कुनै रुपमा मिडियामा आइरहन रुचाउने व्यक्ति हुन् । तर उनी बोलेका छैनन् । वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले दुई दिनअघि ट्वीट गरेका छन् –आफ्नो सल्लाह ठीक भएको भए सुवास नेम्वाङले अहिलेसम्मद दश वटा अन्तर्वार्ता दिइसक्थे । अहिले बोल्ने ठाउँ नभएपछि उनको नाक मुखै सुकेको छ । उनी प्रधानमन्त्री निकट नेता हुन् । प्रधानमन्त्री ओलीले उनीबाहेक अरुसँगको सल्लाह कमै लिने गर्दछन् । तर यसमा उनले सल्लाह दिएका हुन् या होइनन् या दिएर पनि उप्रेतीले भनेजस्तो नाक मुख सुकेको हो त्यो बुझ्न सकिएको छैन । तर पनि सामाजिक सञ्जाल र अरु जञ्जालतिर पनि यतिखेर सबैको यो एउटा टिप्पणी भने सर्वत्र देखिन्छ– सुवास छर्न नसकेका नेम्वाङ ।