२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक पालिका एक कृषि उत्कृष्टता केन्द्र बनाउने घोषणा



अ+ अ-

धनुषा । मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत भएको छ ।

संविधानको धारा १८४ को उपधारा २ बमोजिम सरकारका तर्फबाट मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, भौतिक पूर्वाधार, वन वातावरण, सुशासनलाई उच्च प्राथमिकतामा दिइएको छ । नीति तथा कार्यक्रममा मधेसका एक सय ३६ पालिकालाई लक्षित गरी नमूना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने उल्लेख छ ।

मधेसका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक/एक वटा खुला शैक्षिक उद्यान तयार गर्ने, मधेस प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

पत्रकारिता क्षेत्रको विकास तथा पत्रकारहरूको क्षमता अभिवृद्धि तथा वैदेशिक लगानी भित्र्याउने हेतुले मधेस लगानी सम्मेलन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशमा सुशासन कायम गर्दै विकास खर्च बढाउने विषयमा जोड दिइएको छ ।

आर्थिक-वर्ष-2081_082-नीति-तथा-कार्यक्रम