७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

राष्ट्र निर्माता पृथ्वीनारायणलाई सम्झदै नेपाली सेना

राष्ट्र निर्माता पृथ्वीनारायणलाई सम्झदै नेपाली सेना
अ+ अ-

गोरखाः राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। 

गोरखा दरबार परिसरबाट सुरु भएको एकीकरण यात्रा पुस  २७ गते हनुमान ढोकामा  आयोजना हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती कार्यक्रममा सहभागी भएपछि समापन हुनेछ । 

सह सेनानी दलबहादुर थापाको नेतृत्वमा नेपाली सेनाको ४० जनाको टोलीलाई गोरखाबाट मंगलबार बिहान बिदाई गरिएको छ । 

नेपालको राष्ट्रिय झण्डा, सैनिक झण्डा, टर्च सहित गोरखा दरबारको हनुमान भञ्ज्याङबाट हिँडेको टोली गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट (घाटबेसी) सम्म पुगेर धादिङको सल्यान्टारमा रहेको देवीदत्त गणलाई  टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछ। 

सल्यान्टारमा रहेको देवीदत्त गणले नुवाकोटको जवरजंग गणलाई ती सामग्री हस्तान्तरण गर्नेछ । 

यात्रामा सहभागीहरुलाई प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, पश्चिम पृतनापति उपरथी बिनय विक्रम राणा लगायतले बिदाई गर्नुभएको थियो । 

यात्रामा रणसिंह दल गण, शार्दुलजंग गुल्मसँगै नेपाली सेनाको पाँच प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको टोली सहभागी रहेको रणसिंह दल गण छ । 

गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिका भएर गोरखा–काठमाडौं एकीरण पदमार्ग धादिङको सल्यान्टार जोडिने छ।