७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ संविधानबाट बालेन, रवि र हर्कहरुको उदय भयो: झक्कु सुवेदी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तथ्यलाई अहिले हल्लाले छोपेको बताउनु भयो । उहाँले पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभइ नयाँ संविधानले उनीहरुलाई जन्माएको बताउनु भयो । उहाँले शिर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरुलाई निर्वाचित गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कसैले के भन्छन् भने नयाँ पार्टी आए । किन नयाँ पार्टी आए रे भने जनता पुराना पार्टीसँग रिसाएर नयाँ पार्टी आयो रे । तर मलाई त्यस्तो लाग्दैन । हामी समस्या आइसकेपछि समाधान खोज्नेतिर जानुपर्छ । तथ्यलाई अहिले हल्लाले छोपेको छ । तथ्यले के भन्छ भने बालेन आए, हर्क आए, रविहरु आए । तर उनीहरुले भोट पाए, चुनाव जिते पुराना पार्टीहरुसँगको निराशाले होइन । बालेन, हर्क र रविहरु नयाँ संविधानले जन्माएका हुन् । यदी यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुवार्नीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरुको यहाँ उपस्थिति देखिँदैन थियो ।’

उहाँले गणतन्त्रले जनताको शिर उठाएको बताउनु भयो ।