७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

फलाम पिटेर जीविकोपार्जन

फलाम पिटेर जीविकोपार्जन
अ+ अ-

बाँके । बाँकेको बैजानाथ गाउँपालिकामा आरन पेशा अंगालेर जीविको पार्जन गर्ने परिवारको संख्या धेरै छ । आरन पेशा गर्नेहरुले गाउँकै मानिसहरुको बालिघरे बस्ने र वर्षभर फलामको काम गरेबापत ज्यालाको रुपमा अन्न लिने प्रचलन छ । यसरी काम गर्दा जीवन निर्वाह भएपनि अतिरिक्त बचत नहुँदा समस्या हुने गरेको गुनासो आरन पेशा अंगाल्नेहरुको छ । 

बाँकेको बैजानाथ गाउँपालिका ८ का प्रेम बहादुर विकले ३५ बर्ष देखि फलामका औजारहरु बनाएर जीवन यापन गर्दै आउनु भएको छ । आफ्नो जीवन निर्वाह गर्न बालीघरे (खलो) प्रथामा फलामका सामाग्री बनाउने र त्यसको सट्टामा ज्याला स्वरुप अन्न लिने गरिन्छ विकले अहिले करिब १ सय घरधुरीको फलाम पिट्ने काम गर्दै आउनुभएको छ । लामो समयदेखि आरन पेशा अपनाउनुभएका विकले जीवन निर्वाह बाहेक जीवनका कुनै परिवर्तन नआएको गुनासो गर्नुभयो । वर्षभरी काम गरेबापत अन्नपात ल्याएर परिवार पाल्नु बाहेक अन्य कुनै प्रगति नभएको यहाँको भनाई छ । एसएलसी उर्तिण गर्नुभएका विकले आरन पेशालाई व्यवसायीक बनाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

बैजानाथ गाँउपालिकाकै बिन्दु सुनारले पनि विगत २७ वर्षदेखी फलाम पिट्ने काम गर्दै आउनुभएको छ । उहाँले पनि बालीघरे प्रथा अनुसार नै ज्यालाको रुपमा अन्न लिनुहुन्छ । आरन पेशाबाट घरमा .खाने कुराको अभाव नभएको तर दुःख गरे अनुसारको मूल्य नपाएको गुनासो उहाँको छ । यस्तै पछिल्लो समय निकुञ्ज स्थापना भएपछि फलाम पोल्ने गोल पाउनै मुस्किल भएकोले आरन पेशा संकटमा पर्न लागेको गुनासो समेत गर्नुभयो ।

बाँके जिल्ला भित्र अहिले पनि बालीघरे प्रथामा आरन काम गर्ने दर्जनौ छन । वर्षभरी काम गर्ने र त्यसको ज्याला स्वरुप अन्नपात ल्याउने भएकाले उनीहरुको जीवनमा कुनै परिवर्तन भने आएको छैन । बालीघरे प्रथाबाट श्रम अनुसारको मूल्य पाउन नसक्ने भएकाले यो पेशालाई आधुनिकीकरण र व्यवसायीक बनाई नगदमा कारोबार गर्ने व्यवस्था गर्न धेरै परिवारको जीवनमा परिवर्तन आउनेछ ।