१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन एमाले सांसदको माग

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन एमाले सांसदको माग
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुरुमा बोल्दै उहाँले दुई मुलुकबीचको थाँति रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्नुभएको कुराकानी संसदलाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गर्नुभएको हो । उहाँले संसदको विशेषाधिकार भएकाले पनि सो विषयमा प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन सभामुख आफैंले अग्रसरता लिनुपर्ने पनि बताउनु भयो । सांसद पन्तले सार्क अलपत्र परेकाले नेपाल सरकारले त्यसको शिखर सम्मेलन अध्यक्ष राष्ट्रको हैसियतले नेपाल आफैले काठमाडौंमा गर्ने प्रस्ताव लैजान सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सार्क लथालिंग भयो । सार्क मात्रै होइन, सार्क युनिभर्सिटी, जो दिल्लीमा छ । त्यसको पनि सार्कको समयमा बैठक नबसेको कारण त्यसमा विभिन्न देशहरुले बजेट दिनुपर्नेमा त्यो समयमा नआएको कारणले यो समेत लथालिंग हुने अवस्थामा पुगेको छ । सार्कको अध्यक्ष भएको नेपालले यो विषयमा इनिसिएशन लिनुपर्छ कि पर्दैन ? यो विषयमा आफ्नो धारणा प्रष्ट राख्नुपर्छ कि पर्दैन ? सार्कको सचिवालय काठमाडौंमा छ । नेपालमा छ । त्यसैले यदि भारत र पाकिस्तानको विवादले पाकिस्तानमा सम्मेलन हुन सक्दैन भने भोली श्रीलंका र अन्य कुनै देशमा पर्‍यो भने हुन सक्दैन भने नेपालले अघि बढेर भन्नु पर्छ–सार्कको गतिविधिलाई रोक्न सकिदैन । त्यसको विवाद कुनै देशसँग भएमा हामी काठमाडौंमा सम्मेलन गर्छौं । यो अधिकार चाहियो भनेर भन्नु पर्छ । भर्खरै प्रधानमन्त्री दिल्ली गएर आउनु भयो । मोदीजीको तेस्रो पटकको सपथग्रहण कार्यक्रम गएर उहाँ आउनुभयो । एयरपोर्टमा आएर उहाँले सबै विषयमा कुरा भएको कुरा गर्नु भयो । हाम्रो सम्बन्ध मित्रतापूर्ण ढंगले अघि बढिराखेको छ भन्नु भयो ।’

‘यो भन्दा अगाडि पनि त्यसै भन्नुहुन्थ्यो, त्यो भन्दा अगाडि अर्को प्रधानमन्त्रीले पनि त्यसै भन्नु हुुन्थ्यो । तर सिमाको समस्या त्यत्तिकै छ । हाम्रो इपिजीको प्रतिवेदन त्यत्तिकै छ । १९५० को सन्धि त्यत्तिकै छ । भारतसँग थाति रहेका हाम्रा समस्याहरु जस्ताको तस्तै विद्यमान छन् । त्यसैले सभामुखज्यूबाट आज रुलिङ हुनुपर्छ–प्रधानमन्त्रीले बोलेर आएपछि बोल्ने पहिलो ठाउँ भनेको संसद हो । उहाँको भारतीय प्रधानमन्त्रीसँग के के विषयमा दुई पक्षीय हितका, बहुपक्षीय हितका, सार्कका विषयमा, नेपाल र भारतका बीचमा बाँकि रहेका विभिन्न समस्याहरुलाई समाधान गर्ने विषयमा सम्मानीय प्रधानमन्त्रीजीको भारतीय प्रधानमन्त्रीसँग के के विषयमा कुराकानी भयो ? उहाँले यो संसदलाई सम्मान गर्ने हो भने आजै आएर यो संसदमा आफ्नो भारत भ्रमणबारे, त्यहाँ भएको कुराकानीबारे विस्तृत रुपमा जानकारी दिनु पर्दथ्यो । त्यसकारण म सभामुखज्युको ध्यानाकर्षण गर्दछु–रुलिङहोस प्रधानमन्त्रीज्यूलाई । भारत भ्रमणको हाम्रो र भारतबीचको विद्यमान समस्या समाधानको विषयमा के कुरा ठोस रुपमा भए, त्यसबारे यो संसदले जानकारी पाओस । संसदको विशेषाधिकार हो सभामुखज्यू यो । सभामुखज्यूले पनि यसमा आँखा चिम्लिन मिल्दैन । ’

सांसद पन्तले नेपाल र भारतबीचको समस्या अहिले पनि ज्युँका त्युँ रहेपनि प्रधानमन्त्री दाहालले कुनै समस्या नभएजसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाउनु भयो ।