१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारले बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था गर्नुपर्छ: काँग्रेस सांसद पाण्डे

सरकारले बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था गर्नुपर्छ: काँग्रेस सांसद पाण्डे
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा शुरुमै समय लिएर बोल्दै उहाँले सो अस्पताल बजेटको अभावमा बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै चालु आर्थिक वर्ष भित्र आवश्यक बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले त्यसका लागि आफूहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई भनेको र प्रधाननमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमानले पनि त्यसका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सांसद पाण्डेले अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरुमा एक वर्षमा करिव १ लाख सेवाग्राहीले नि:शुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने सो अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेर उचित वातावरण निर्माण गर्न संघीय सरकारले ढिलाई नगर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिम प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षका लागि विनियोजन हुने बजेटमा सो अस्पतालका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

सांसद पाण्डेले भन्नुभयो, ‘अछाम जिल्लाको बलयपाटा अस्पताल १६ वर्षदेखि नेपाल सरकारसँगको सहकार्यमा न्याय हेल्थ नेपाल नामक संस्थाले सञ्चालन र व्यवस्थापन गर्दै आएको छ । अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरुमा एक वर्षमा करिव १ लाख सेवाग्राहीले त्यहाँ नि:शुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने गर्दछन् । करिव ८ सय जति मेजर सर्जरीहरु हुने गर्दछ । यो अस्पताल आधुनिक तरिकाले सञ्चालित छ । यसमा आर्थिक पारदर्शीता पनि छ । यो अत्याधुनिक तरिकाले सञ्चालित, गुणस्तरीय सेवा प्रदान गरिरहेको कोभिडको महामारीपछि यसको डोनेशन कम हुँदै गयो ।’

‘अहिलेको बजेट भाषणमा प्रदेश सरकारले छुटयाएन बजेट पनि । अहिले त्यो अस्पतालमा बडो कठिन अवस्था सृजना भएको छ । दुर्गम ठाउँमा २ जना विशेषज्ञ डाक्टर सहित नौ जना डाक्टरहरु हुनुहुन्छ । १९७ जना अरु स्टाफहरु हुनुहुन्छ । महिनौदेखि उहाँहरु तलवबाट बञ्चित हुनु भएको छ । जसका कारणले यो अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । यस पटक पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट असार १ गते आउँदैछ । यसका बजेटको व्यवस्था गरिदिन आग्रह गरेका छांै । यदि यो असार मसान्त भित्रै बजेट नहुने हो भने अर्थमन्त्री, प्रधानमन्त्री र सिंगो संसदलाई यही आर्थिक वर्ष भित्रै कम्तिमा पनि ९/१० करोड विशेष अनुदानको व्यवस्था गरेर बयलपाटा अस्पताललाई सुचारु गर्न, अगाडि बढाउन र दुर्गम क्षेत्रका नागरिकहरुले पाएका सेवा सुविधाहरुलाई निरन्तरता दिन सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद पाण्डेले सो अस्पतालमा चिकित्सकसहितक कर्मचारीहरुले तलवसमेत नपाएको उल्लेख गर्दै सरकारले चालु आर्थिक वर्ष असार भित्रै आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।