२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ वटा सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला लगायो



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सोमबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ ।

विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यवसायिक प्रयोजनमा आएका सटर तथा टहराहरुमा ताला लगाएको हो । यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र मा. वि. ले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मा. वि. डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मा. वि. डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको हो ।

शैक्षिक क्रियाकलापका लागि उपयोग हुनु पर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरुमा ताला लगाएर ताला प्रधानाध्यापकहरुलाई बुझाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । यसरी ताला लगाइएका सटरमा पुन: व्यवसाय चलाउन पाइँदैन । व्यवसायीलाई आफ्ना सामान लैजान ७ दिनको समय दिइएको छ ।

‘महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ । यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन् ।’ दाहालले भन्नुभयो, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ । विद्यालयहरुले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ ।’

‘विद्यालयहरु स्थान अभाव भएको बताउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको भन्दै आएका थिए । यसरी गुनासो गरिरहँदा आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा आएन ।’ प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेल भन्नुहुन्छ, ‘विद्यालयहरुमा विज्ञान र कम्प्युटर ल्याब बनाउनु पर्नेछ । पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनु पर्नेछ । भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालन उपयोगमा ल्याउँछौँ ।’

विद्यालयको सम्पत्ति शैक्षिक क्रियाकलाप सञ्चालनमा उपयोग हुनुपर्छ । विद्यालयले सरकारी सम्पत्ति आफूखुशी भाडा लगाउन पाउँदैनन् । कतिपय विद्यालयहरुले नक्सा स्वीकृत नगरी टहरा बनाएर भाडामा लगाएका पनि छन् । यी सबै ठाउँबाट व्यवसायिक प्रयोजन हटाइनेछ र शैक्षिक क्रियाकलाप स्थापित गरिनेछ ।

 




भर्खरै