काठमाडौँ । मंगलबार देशभर थप ५२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षणमा ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९३ रहेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म १९ लाख ५७ हजार ४ सय ५४ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।











