११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अस्पतालमा अनियमितता गर्नेहरु केही दिनभित्रै कारबाहीमा पर्छन्ः मन्त्री यादव

अस्पतालमा अनियमितता गर्नेहरु केही दिनभित्रै कारबाहीमा पर्छन्ः मन्त्री यादव
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालभित्र अनियमितता गर्नेहरुलाई केही दिनभित्रै निलम्वन गरिने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री यादवले अस्पतालहरुमा अनियमितता हुने गरेको भन्दै केही दिन भित्र अनियमितता गर्नेहरुलाई निलम्वन तथा कारबाही गरिने बताउनुभएको हो । उहाँले अनियमितता गर्नेहरुलाई रंगेहात पक्रेर आफैँले अख्तियारमा पठाउने बताउनु भयो । उहाँले अस्पतालहरुमा भएको बेथिति रोक्न र दोषिलाई समात्न मन्त्रालयले चाँडै नै अस्पतालहरुमा टिम परिचालन गर्ने बताउनु भयो ।

उहाँले राज्यले आमा सुरक्षा कार्यक्रममार्फत अपरेशन गरेर बच्चा जन्माउने आमामा लागि १० हजार रुपैयाँ दिएको भएपनि सम्बन्धितले सो रकम नपाएका बताउनुभयो । उल्टै आमालाई नै रकम तिराएर अनियमितता भइरहेको भन्दै त्यहाँ पनि आफ्नो ध्यान पुगेको बताउनु भयो । उहाँले राज्यले दिएको सेवा, सुविधा नागरिकलाई नदिएर अस्पताल व्यवस्थापनले नागरिकलाई सास्ती दिइरहेको भन्दै दोष चाहीँ मन्त्री र उच्चपदस्थ व्यक्तिहरुमा जाने गरेको बताउनु भयो । उहाँले दोषिउपर सबैलाई कारबाही गरिने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘आमा सुरक्षामा सरकारले १० हजार रुपैयाँ एउटा आमाको सुरक्षाको लागि दिइरहेको छ । खास गरेर अप्रेशन गरेर बच्चा जन्मिएको आमाको लागि । तर अधिकतम आमालाई राज्यको पैसा पुगिरहेको छैन । त्यहाँ नागरिकसँग ठगि भइरहेको छ । उल्टो पैसा तिराउने काम भइरहेको छ । राज्यले १० हजार रुपैयाँ दिनुपर्ने उल्टो ऊ आमाले पैसा तिरेर गइरहेको छ ।

त्यो गरिबले कसरी राज्यप्रति विश्वास गर्छन् ? गालि गर्दैनन् नेताहरुलाई ? मन्त्रीहरुलाई ? त्यहाँको सांसदलाई ? त्यहाँको मेयरलाई ? त्यहाँको वडाअध्यक्षलाई ? त्यहाँको स्थानीय पत्रकाले गालि खाँदैन ? आज नेतामाथि किन खनिएका छन् नागरिक ? बिगार्छ अरुले गालि खान्छ नेताले । मैले मिहिन तरिकाले काम गरिरहेको छु । तपाईहरुको साथ, सहयोग भयो भने केही दिन भित्रमा धेरैजना सस्पेन्ड हुन्छ । धेरैजना कारबाहीमा पर्छन् ।

धेरै जनाको मुद्दा अख्तियारमा म आफैँ पठाउँछु । रंगेहात समातेर । त्यसको लागि मैले हरेक अस्पतालमा चाँडै टिमको गठन गर्न लागेको छु । त्यो टिमले बेथिति रोक्छ र समात्छ । राज्यले नागरिकको सस्तोमा उपचार होस् । निःशुल्क उपचार होस् भनेर पैसा दिने । त्यहाँको अस्पताल व्यवस्थापनले नागरिकलाई सास्ती गर्ने ? ठग्ने ? अनि दोष मन्त्रीलाई जाने ? दोष सचिवमाथि जाने ? दोषि डिजीमाथि जाने ? दोष त्यहाँको माननीयलाई जाने ? यो विषयमा म गहन तरिकाले काम गरिरहेको छु ।’

मन्त्री यादवले चिकित्सकहरुलाई सुगमस्थानबाट अन्य स्थानमा सरुवा नगर्न ठूलो स्तरबाट दबाब आउने गरेको बताउनु भयो । उहाँले मन्त्रीको कुर्सि नै हल्लिने गरी चिकित्सक सरुवा नगर्न दबाब आउने गरेको बताउनु भयो । उहाँले सरुवा भएको ठाउँमा चिकित्सक जानैपर्ने अडानमा मन्त्रालय रहेको भन्दै निर्णयबाट पछाडी नफर्किने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘कहीँ यस्तो छ की, एउटै विशेषज्ञ १९ जना छन् । कुनै अस्पतालमा छैन । त्यहाँ पठाउँ भने तल्लो स्तरबाट पावर आउँदैन ठुलो स्तरबाट प्रेसर आउँछ । किन पठाएको ? त्यहीँ रहोस् । त्यो मेरो मान्छे हो । धेरै आउँछ, नेपाल सरकारले फ्रिमा एमडी पढाएको छ, उहाँहरुलाई नीतिगत तरिकाले मन्त्रालयले दुई वर्ष सेवा गर्नका लागि विभिन्न अस्पतालमा निर्णय गरेर पठाएको हुन्छ । नजाने, म डाँडाँकाँडा किन जाने ? सुगममा रहन्छु भन्ने पावर आउँछ ।

यस्तो पावर आउँछ कि कुर्सि हल्लिइहाल्छ । तर सचिवज्युहरुलाई निर्देशन दिएको छु, कुनै इफ, बट् हुँदैन । जो सरुवा भयो, भयो । त्यो ठाउँमा जानैपर्छ । कुनै पावरमा ब्याक हुँदैन । कसैको पावरमा ब्याक हुँदैन । कसैको वातावरणमा समस्या भयो, स्वास्थ्यमा समस्या भयो भने त्यसलाई बिचार गरौँला । उसलाई पछि हेरौँला । तर हाजिर जहाँ सरुवा भएको छ त्यहाँ हाजिर हुनैपर्छ । समस्या नबुझिकन स्वास्थ्य मन्त्रालयले त्यहाँबाट हटाउँदैन ।’

मन्त्री यादवले संघीय अस्पतालहरुमा धेरै कमजोरीहरु रहेको र व्यापक सुधारको आवश्यकता रहेको भन्दै आफू सुधारको काममा लागेको बताउनु भयो ।