२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले मुलुकमा सुशासन दिन सकेको छैनः शेखर कोईराला



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताउनुभएको छ ।

काँग्रेस नेता कोईरालाले अहिले मुलुकमा आर्थिक विकास हुने सम्भावना पनि नरहेको जिकिर गर्नुभयो । शैलजा आचार्यको १५ औं स्मृति दिवसको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै लोकतन्त्रवादीहरुले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएको पनि बताउनु भयो ।

नेता कोईरालाले विपी र शैलजा आचार्यलाई स्मरण गरेर अघि बढ्नसके मुलुकमा राजनीतिक स्थायित्व, भ्रष्टचारको अन्त्य र सुशासनको पक्षमा काँग्रेसले काम गर्न सक्ने दाबी समेत गर्नुभयो । उहाँले केन्द्रमा मात्रै ३ पटक सरकार परिवर्तन भएको र अझै कति हुने हो भन्ने कुरा टुंगो नभएकाले यसको स्थायित्वको लागि सबै लोकतन्त्रवादीहरुले सोच्नुपर्ने तर्क गर्नुभयो ।

नेता कोईरालाले भन्नुभयो, ‘यो कृषि मन्त्रालयमा त भ्रष्टाचारको जालो छ भनेपछि उहाँले राजीनामा गर्नुभएको कुरा तपाईहरु धेरैलाई थाहा होला, धेरैलाई थाहा नहोला पनि । अहिले देशको जुन परिस्थिति छ । यो परिस्थितिमा शैलजा दिदी भएको भए के गर्नुहुुन्थ्यो ? कसरी हिँड्नु हुन्थ्यो, कसरी अगाडि बढ्नु हुन्थ्यो ? भनेर हामीहरुले सोच्नपर्ने अवस्था छ ।

किनभने उहाँको बानी भीडसँग हिँड्ने होइन, एक्लै हिँडने उहाँले आफू बाँचुञ्जेल त्यसलाई अनुशरण गरेर हिँड्नुभयो । र अहिले जुन राजनीतिक परिस्थिति छ । राजनीतिक स्थायित्व, सरकारको स्थायित्व छ कि छैन ? भन्दा छैन । आर्थिक विकासका हामी कुरा गर्छौं । त्यो आर्थिक विकास हुनसक्ने अवस्था हामी छैनौ अहिले । सुशासन दिन सकेको छैन । भ्रष्टाचारले हामीलाई गाँजी सकेको अवस्था छ ।

यस्तो बेलामा हामीहरुले विपीलाई, शैलजा दिदीलाई सम्झेर काम गरेर अघि बढ्न सक्यौँ भने नेपाली काँग्रेसलाई फेरी पुरानै अवस्थामा फर्काउन सक्छौँ भन्ने मलाई लाग्छ । शैलजा दिदीलाई सम्झिदाखेरी हामीले राजनीतिक स्थिरता अहिले देशमा जुन छैन । त्यसमा कसरी राजनीतिक स्थिरता ल्याउने, सरकारको स्थिरता ल्याउने भन्ने कुरा सबै लोकतन्त्रवादीहरुले सोच्नुपर्ने अवस्था आएको छ ।

यो डेढ वर्षमा ८ वटा सरकार छ । ७ वटा प्रदेशको सरकार छ । एउटा केन्द्रको सरकार छ । २३ पटक ८ वटा सरकार चेन्ज भएको रहेछ । केन्द्रमा पनि तीन पटक भईसक्यो । अब अझ कति पटक हुने हो ? यसरी कसरी अगाडि जान्छ ?यो कुरालाई मनन गरि हामी अगाडि बढौं । ’

त्यस अवसरमा नेता कोईरालाले नेपालको राजनीतिक इतिहासमा शैलजा आचार्य एक साहशिक राजनीतिज्ञको रुपमा रहनुभएको पनि स्मरण गराउनु भयो ।