१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ओलीलक्षित माओवादी केन्द्रका सांसद आलेको टिप्पणी: संसद विघटनको कुरा नकोट्याए हुन्थ्यो

ओलीलक्षित माओवादी केन्द्रका सांसद आलेको टिप्पणी: संसद विघटनको कुरा नकोट्याए हुन्थ्यो
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद सुरेशकुमार आलेमगरले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बचाउनका लागि संसद विघटन गरेको भनि दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नयाँ सत्तासमिकरण बनाएर हिँडिरहेका बेला त्यस्तो कुरा नकोट्याउनु उपयुक्त हुने धारणा राख्नुभएको हो ।

सांसद आलेमगरले आफू समेत बस्ने साझा घर भत्काए जसरी ओलीले पार्टीमा झगडा भयो भनेर प्रतिनिधि सभा विघटन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नयाँ सत्ता समिकरणमा सामेल भएकाले कसैले पनि त्यो समिकरणमाथि आँच आउने खालको अभिव्यक्ति दिन नहुने पनि बताउनु भयो ।

सांसद आलेमगरले भन्नुभयो, ‘बजेट कार्यान्वयनका लागि इमान्दारिता चाहियो । यो इमान्दारिता हामी राजनीतिककर्मीहरु त केही दिनका पाहुँना हौं । स्थायी सरकारले यो काम गर्नुपर्ने हुन्छ । यसका लागि स्थायी सरकार इमान्दार देखिनुपर्छ भन्ने मलाई लाग्छ । त्यसका लागि म आग्रह गर्न चाहन्छु । जुनजुन निकाय त्यसका लागि जिम्मेवार हुन्छ । उहाँहरुको ध्यान यसमा पुगेस् भन्न चाहन्छु । केही दिनअघि प्रतिनिधि सभा विघटनालाई जष्टिफाई गर्ने कुराहरु पनि भए । हुन त हरेक कुराको सन्दर्भ हुन्छ । त्यसको औचित्य र उपाधेयता पनि हुन्छ । त्यो घटना बितिसकेको छ । तर यहाँ उठेको हुनाले मैले केही कुरा गर्न चाहे ।’

‘कुरा सुन्दा कस्तो लाग्यो भने आफ्नो घरमा घरका सदस्यहरु बीच झगडा भयो । घरमुलीले आपूm समेत भएको साझा घर भत्काईदियो । आफ्नो घरमा झगडा भएको छ भने त आफ्नो घरको झगडाको पो मिलाउने होला । त्यो झगडा मिलाएको पो त्यो घरमा बस्ने होला । आफूसमेत बस्ने साझा घर भत्काएर त आफ्नो घर कसरी बन्छ होला । जे जे भएपनि त्यो सन्दर्भ बिर्सिसकेको अवस्था थियो । त्यो नकोटयाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यो विषयमा मैले पनि कुरा राखे । यतिबेला हामी एउटा सहयात्रामा यात्री बनेर हिँडिराखेका छौं । नयाँ समिकरण बनाएर हामी हिँडीरहेका छौं । त्यसैले यी वितेका कुराहरु सायद कसैले पनि आदरणीय नेतागण, हामी जस्ता कार्यकर्ता कसैले पनि नकोट्याईदिए हुन्थ्यो भन्ने मलाई लाग्छ ।’

त्यस अवसरमा सांसद आलेमगरले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि कर्मचारीतन्त्रलाई आग्रह गर्नुभयो ।