२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य गाजामा इजरायली हवाई आक्रमण: २१० प्यालेस्टाइनीको मृत्यु



अ+ अ-

एजेन्सी । शनिवार मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा घातक आक्रमण हुँदा २१० जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।

ट्याङ्क र हवाई आक्रमणहरूले शिविरलाई ध्वस्त पारेको बताइएको छ । आक्रमण्मा परी ४ सय भन्दा बढी घाइते भएका छन् । प्यालेस्टिनी मेडिकल रेकर्डका अनुसार भयानक आक्रमणमा मारिएका अधिकांश पीडितहरू थिए ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसेइराट शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो संख्यामा घाइते प्यालेस्टाइनीहरूलाई अस्पताल पठाइएको थियो । जसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ ।

मुख्य आपतकालीन जेनेरेटर चलाउनका लागि ओछ्यान, औषधि, चिकित्सा उपभोग्य सामग्री र इन्धनको चरम अभावको बीचमा घाइते प्यालेस्टिनीहरूलाई अझै अस्पतालमा पठाइँदै थियो ।