२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा नगरपालिकाबाट पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा



अ+ अ-

गोरखा । गोरखा नगरपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिएको छ। पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीमा तथा राष्ट्रिय एकता दिबसलाई उत्सबका रुपमा मनाउन नगरपालीकाले बिदा दिने निर्णय गरेको हो । 

नगरपालीकाले तीन दिन सम्म बिभिन्न कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती मनाउने तयारी गरेको गोरखा नगरपालीका प्रमुख राजनराज पन्तले जानकारी दिनुभयो । २६ गते नगर क्षेत्रभित्र सरसफाइ, २७ गते दौड र पृथ्वी जयन्ती विशेष कार्यक्रम तथा २८ गते वतृत्वकलाजस्ता कार्यक्रम सञ्चालन  गर्ने नगरपालिकाले जनाएको छ। 

यसै गरी पुस २७ गते गोरखा संग्रहालयस्थित पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अगाडि अन्तर्क्रियालगायत कार्यक्रम गर्ने पनि नगरपालिकाले जनाएको छ। स्थानीयहरुले गोरखा नगरपालीको नाम पूर्बवत रुपमा पृथ्वीनारायण नगरपालीका राख्न्न पनि सुझाब दिउका छन् ।