१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

चीनलाई विश्वमा चिनाउने द ग्रेटवाल (फोटो फिचर)

चीनलाई विश्वमा चिनाउने द ग्रेटवाल (फोटो फिचर)
अ अ+ अ-

चीनलाई विश्वले चिनाएको/चिनेको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्विक धरोहर हो– द ग्रेटवाल ।

चन्द्रमाबाट पनि देख्न सकिने र देखिने बताइएको ग्रेटवाल चीनको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हिस्सा हो । यो ग्रेटवाल घुम्न आउने पर्यटकका लागि मात्र होइन, चीनको इतिहास र इतिहाससँग जोडिएको कुराहरु पनि सँगै बताइरहेको छ । यसले कसरी चीन हिजोबाट आजसम्म आइपुग्यो र विश्वको दोस्रो शक्तिशाली राष्ट्र बन्यो भन्नेकुरा पनि देखाउँछ ।

यसको संरक्षण, विकास र यसबाट चीनको आम्दानीमा जोडिएको हिस्सा नगन्य होला । तर विश्वले चीनलाई चिन्ने पहिलो माध्यम ग्रेटवाल नै हो ।

हुनत यो निर्माणका समयमा लाखौँ मजदुरले ज्यान गुमाएको कुरा पनि छ । ती मजदुरलाई यही ग्रेट वालको पर्खालभित्र दबाइएको भन्नेहरु पनि छन् । तर इतिहास आज ती मजदुरहरुको योगदान सँगसँगै यसले पर्यटन प्रवद्र्धनमा पुर्‍याएको र चीनको आय आर्जनमा पुर्‍याएको महत्वपूर्ण योगदानको लागि सम्झिरहन्छ ।

यो कयौँ वर्ष लगाएर तत्कालीन अवस्थामा शत्रुबाट बच्न बनाइएको पर्खाल हो । तर आज यो पर्खाल विश्वमा चीनलाई चिनाउने माध्यम बनेको छ । यो पर्खालको एक छेउबाट अर्को छेउमा लगातार हिँड्दाखेरी २ वर्ष लाग्ने अनुमान गरिन्छ । यो कहाँबाट शुरु भएर कहाँ गएर अन्त्य भएको छ भन्नेकुरा भेट्टाउनै मुस्किल छ । जहाँ सबल र हिँड्न लायक संरचना छ, त्यो मात्रै हिँड्नलाई पनि दुई वर्ष लाग्ने अनुमान छ । त्योदेखि बाहेक बाढी, पहिरो र विभिन्न विपत्तिका कारण बीचमै हराइएका र मेटिएका ठाउँहरु पनि छन् । यदी ति सबैलाई जोड्ने हो भने यो निकै लामो छ ।

यो तत्कालीन अवस्थामा कसरी निर्माण भयो ? यो एउटा रहस्य पनि हो । र सहजै अनुमान गर्न सकिँदैन । तर यो मानव निर्मित हो । त्यसैले गर्दा मानिसले चाहँदा जेसुकै पनि हुनसक्दो रहेछ भन्ने ग्रेटवाल निर्माणबाट प्रमाणित हुन्छ । चीनतिर फर्किएर हेर्दा चीनले विगत २० वर्षमा गरेको उन्नति र प्रगति पनि मानिसले चाहे जे पनि हुनसक्छ भन्ने देखाउँछ ।