२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट पार्टीमा अवसरवाद मौलाएको सम्मानित नेता खनालको आरोप



अ+ अ-

मनहरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गर्नुभएको छ ।

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’ बिना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताउनुभयो ।

नेता खनालले समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउँदै देशको समानुपातिक विकासका लागी समाजवाद अपरिहार्य छ भन्नुभयो । “अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

समाजवादले आम नागरीकका समस्या र गुनासो सम्बोधन गर्ने तर्क गर्दै उहाँले सङ्घीय शासन व्यवस्थामा तिनवटै तहका सरकारले समाजवादी कार्यक्रमहरु ल्याएर नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । रासस