११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मानवसेवा आश्रमलाई एकैदिन ६४ लाख ५४ हजार सहयोग

मानवसेवा आश्रमलाई एकैदिन ६४ लाख ५४ हजार सहयोग
अ अ+ अ-

ढोरपाटन । मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि एकैदिन रु ६४ लाख ५४ हजार पाँच सय ९५ सङ्कलन भएको छ ।

निर्माणाधीन भवन सहयोगार्थ ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट एकैदिन उक्त रकम सङ्कलन भएको छ । कार्यक्रममा बागलुङको काठेखोला गाउँपालिकाले रु १५ लाख, पर्वतको कुश्मा नगरपालिकाले रु पाँच लाख ११ हजार, फलेबास नगरपालिकाले रु पाँच लाख ११ हजार र म्याग्दीको मालिका गाउँपालिकाले रु पाँच लाख ११ हजार सहयोग गरेका छन् ।

त्यस्तै स्थानीय र बागलुङ बजारका व्यापारीले सहयोग गरेको मानवसेवा आश्रमका सहकोषाध्यक्ष सुमीरा लामाले जानकारी दिनुभयो । विसं २०७३ देखि बागलुङको शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले विसं २०७८ मा बागलुङ नगरपालिका–४ निरयघाटमा जग्गा प्राप्त गरेपछि सुविधा सम्पन्न भवन निर्माण गर्न थालेको हो ।

स्थापनाकालदेखि अहिलेसम्म बागलुङ–३ किनारा टोलबाट आश्रम सञ्चालित छ । आश्रमको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि विसं २०७८ वैशाख २४ गते शिलान्यास गरिएको लामाले बताउनुभयो । आश्रमलाई स्थापनाकालदेखि नै धेरैले सहयोग गर्दै आएको सुनाउँदै ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा एकैदिन धेरैले सहयोग गरेको उहाँको भनाइ छ ।

आश्रममा हाल महिला २२, पुरुष २४ र बालबालिका सात गरी ५३ जना सहयोगापेक्षी आश्रित रहेका छन् । भवन निर्माण सुरु भएको तीन वर्षमा ४० प्रतिशत काम सम्पन्न भएको मानवसेवा आश्रमका अभिभावक एवं भवन निर्माण समितिका संयोजक शिव खड्काले जानकारी दिनुभयो ।

रु १२ करोड ७५ लाखको योजना रहेकामा हालसम्म हालसम्म रु पाँच करोड खर्च भएको उहाँको भनाइ छ । यो सबै प्रदेश, पालिका र दाताबाट आएको सहयोग प्राप्त भएको खड्का बताउनुहुन्छ ।

खड्काले भन्नुभयो, “भवन निर्माणको काम अगाडि बढेको छ, हालसम्म करिबकरिब आधा काम सकिन थालेको छ, आर्थिक सहयोग आउनेक्रम जारी छ, धेरै दाताले मन फुकाएर सहयोग गर्नुभएको छ, यो योजना रु १२ करोड ७५ लाखको हो, भवन निर्माण सकियो भने आश्रममा बस्नेहरुलाई सहज हुनेछ, अहिले जसोतसो व्यवस्थापन गर्दै आएका छौँ ।” मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, हास्यकलाकार मनोज गजुरेलले सो कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । रासस