७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

प्रधानमन्त्री ओली इमान्दार तानाशाह –डा. बाबुराम भट्टराई(भिडियो सहित)

प्रधानमन्त्री ओली इमान्दार तानाशाह –डा. बाबुराम भट्टराई(भिडियो सहित)
अ+ अ-

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भन्दा माथीबाट समग्र व्यवस्थालाई नै कू गरेको बताउनुभएको छ । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको अन्तर पार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक कू नभई संविधान र व्यवस्था माथिको कू गरेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले गरेको कू २०१७ सालमा राजा महेन्द्र र २०६०÷६१मा राजा ज्ञानेन्द्रले गरेको कू जस्तै भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘केपी ओलीको नेतृत्वमा नेपालमा जुन प्रतिगमनकारी घटना घट्यो पुस ५ गते यो समान्य होइन । मेरो विचारमा १७ सालमा राजमा महेन्द्रले जुन कू गरे र ६०÷६१ सालमा राजा ज्ञानेन्द्रले जुन कू गरे त्यसैको हाराहारिको यो कू हो । संवैधानिक कू होइन । त्यो त संविधान अन्तर्गत हुन्छ । संविधान माथिको कू हो । व्यवस्था माथिको कू हो । त्यसो हुनाले यसलाई समान्य अर्थमा लिने गल्ती कसैलेपनि नगरौं ।’
प्रधानमन्त्रीले संसद विघटन गर्ने कदम संवैधानिक हो वा होइन भन्ने विषयमा बहस गर्न र भ्रममा पर्न नहुने पनि भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘नियोजित ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रहार गरेर यसलाई उल्ट्याएर फेरी विभिन्न शक्तिहरु भित्रि र बाहिरी शक्तिहरु छन जसले नेपालको परिवर्तन रुचाएका छैनन जसले यहाँको अस्थिरतामा खेल्न चाहिराखेका छन त्यसको मतियार बनेर केपी शर्मा ओलीले यो कदम चाल्नु भएको हो ।’
कुनैपनि व्यक्तिले लहडमा प्रतिनिधि सभा विघटन गर्नै नसक्ने समेत बताउनुभयो । अन्तर्राष्ट्रिय परम्परामा संसद विघटन गर्ने अभ्यास छ भन्दै नेपालको संसद विघटन गर्न नपाइने समेत बताउनुभयो । प्रधानमन्त्रीले कुनैपनि बेला संसद विघटन गर्न सक्ने कुरालाई विचार गरेर संविधानमा नै प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने व्यवस्थालाई हटाइएको बताउनुभयो । अहिलेको अवस्थामा कुनैपनि तरिकाबाट संसद विघटन हुनै नसक्ने बताउनुभयो । 
पूर्वप्रधानमन्त्री भट्टराईले दुई तिहाई बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । अहिलेको अस्थिरतालाई कायम राख्दै निर्वाचन पनि नहुने, संविधान पनि भंग हुने भयो भने देशमा राष्ट्रिय स्वाधिनतामाथि खतरा आउन सक्ने बताउनुभयो । प्रतिनिधिसभा पुनरस्थापना हुने विषयमा अदालतको आशा गर्नुपर्ने तर भर पर्न नहुने पनि भट्टराईले बताउनुभयो । 
पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओली इमान्दार तानाशाह भएको टिप्पणी समेत गर्नुभएको छ । उहाँले ओलीले झापा आन्दोलनमा राम्रो काम गरेपनि पछि जेलबाट निस्किएर आएपछि अग्रगमनको विरोधी बनेर आएको बताउनुभयो । आफ्नो प्रवृति नलुकाइकन व्यवस्था माथि आक्रमण गरिरहेकाले प्रधानमन्त्री ओली इमान्दार तानाशाह भएको आरोप समेत भट्टराईले लगाउनुभयो । नेकपाका नेताहरुले अहिलेसम्म ओलीलाई कसरी बोकेर ल्याउनुभयो अफूलाई अचम्म लागेको पनि बताउनुभयो । 
चुनावमा जाँदा लाभ हुन्छ भनेर कांग्रेस र जसपाले मुख मिठ्याएर बस्न नहुने पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताउनुभयो । पार्टीहरु बीचको संयुक्त आन्दोलन नहुँदासम्म अहिलेको कदमलाई सच्याउन नसकिने पनि बताउनुभयो । तर संयुक्त आन्दोलनका लागि ओलीबाट छुट्टिएर आएका नेकपाका नेताहरुमाथि आशंका भएकाले संयुक्त आन्दोलन हुन नसकेको पनि बताउनुभो । कुनैपनि बेला नेकपाका नेताहरु फेरी ओलीसँग मिल्न सक्ने सम्भावना भएकाले संयुक्त आन्दोलनमा जान समस्या रहेको बताउनुभयो ।