५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विकास पुरस्कार –२०८१’ बाट सांसद डा. दवेकोटा सम्मानित



अ+ अ-

काठमार्डौं । नेकपा एमाले बाग्मती प्रदेश सभा सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा विकास पुरस्कार २०८१ बाट सम्मानित भएका छन् ।

डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल (डिन) को ४४ औँ स्थापना दिवस र विश्व वातावरण दिवसको अवसरमा डा. देवकोटालाई विकास पुरस्कारबाट सम्मानित गरिएको हो । उहाँलाई ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान ग रिएको हो ।

दिगो विकास, जलवायु परिवर्तन, प्राविधिक शिक्षा, भौतिक पूर्वाधारलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै डिनले सम्मान गरेको हो ।

कार्यक्रममा खानेपानी मन्त्री राजेन्द्रकुमार राई, डिनका अध्यक्ष कामेश्वरप्रसाद सिंह, महासचिव विन्दिया कार्की लगायत अन्य पदाधिकारीहरूका बीच उहाँलाई सम्मान गरिएको हो ।

डा. देवकोटाले घरपरिवारको सम्मानमा प्राप्त पुरस्कारमा १ लाख थपेर आफ्नो हजुरबुबा र हजुरआमाका नाममा ‘बसुहरि विकास पुरस्कार’ १ लाख ११ हजार १ सय ११ राशीको अक्षय कोष स्थापना गरेका हुन् । उक्त अक्षय कोशको रकमबाट डिप्लोमा इन्जिनियर्स क्षेत्रमा प्रयोग गरिने उनले बताएका छन् ।