२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रक्रिया उल्टो भयो: सांसदहरु



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले कुनैपनि सन्धी गर्दा आवश्यक छ की छैन भन्ने अध्ययन गरेर मात्रै गर्नुपर्ने बताउनुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधि सभामा प्रश्तुत गर्नुभएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथीको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) भारत र फ्रान्सको सहयोगमा स्थापना भएको बताउनु भयो । उहाँले यस सन्धीबाट नेपालले धेरै भन्दा धेरै फाइदा लिन सक्नुपर्ने बताउनु भयो । उहाँले सन्धीमा नेपाल सामेल हुनु उपयुक्त र नेपालका लागि फाइदाजनक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) भारत र फ्रान्सको सहयोगमा स्थापना भएको हो । यसमा पनि संसारमा एउटा प्रतिष्पर्धा छ । त्यो प्रतिष्पर्धाबाट हामीले फाइदा उठाउनुपर्छ । खासगरी सोलारमा सबैभन्दा अगाडि र छिटो विकास गर्ने देश चीन हो । जसको सोलारको गुणस्तर पनि राम्रो र मूल्य पनि सस्तो छ । त्यसकारण त्यसको बजार अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । सौर्य उर्जाको उत्पादन संसारभर नै बढ्दै गएको छ र नेपालमा पनि सौर्य शक्तिबाट बिजुली उत्पादनको सम्भावना राम्रो छ । यो सन्धीमा नेपाल सामेल हुनु उपयुक्त र नेपालका लागि फाइदा पनि छ । तर विश्वव्यापी रुपमा देखापरेको प्रतिष्पर्धाबाट नेपालले फाइदा लिनुपर्छ । यो गठबन्धनमा पनि हामी हतारमा सामेल भयौँ । कुनैपनि सन्धी हाम्रा लागि आवश्यक छ की छैन, त्यसमा अध्ययन गरेर मात्रै सन्धी गर्नुपर्छ ।’

छलफलमा नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता प्रक्रियागत रुपमा उल्टो भएको बताउनु भयो । उहाँले प्रक्रियाका रुपमा उल्टो भएपनि मग्र स्थितिका हिसावले अति आवश्यक रहेको बताउनु भयो । उहाँले सन्धीलाई संसदले पास गरेर कार्यान्वयनको दिशामा लैजानुपर्ने पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रक्रियाका हिसावले पहिला हाम्रो संसदमा गहन छलफल गरेर ति सुझावहरुका आधारमा सम्झौता गर्दा प्रक्रियागत हिसावले सुल्टो हुन्थ्यो । तर पनि सम्झौता भइसकेको छ, गत चैत्र ५ गते यही संसदमा हामीले सैद्धान्तिक छलफलमा भाग लिएका थियौँ । प्रक्रियाका हिसावले यो उल्टो भएपनि आजको समग्र स्थितिका हिसावले अति आवश्यक छ । संसदले पास गरेर कार्यान्वयनको दिशामा लैजानुपर्छ ।’

छलफलमा नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले सन्धीमात्रै गरेर नहुने भन्दै उहाँले गतिका साथ अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो स्वागतयोग्य छ । राष्ट्रलाई उत्पादनमा लगाउनुपर्छ । यो सन्धी मात्रै पास गर्ने हो की गतिका साथ अघि बढ्ने हो ? यो शंकास्पद नै छ । यो पास होस्, यसका पक्षमा छौँ तर यो देशलाई अहिले पनि जलश्रोतको धनी देश भन्ने र लोडसेडिङमा परेको पर्‍यै गर्ने । यही सदनमा गुञ्जायमान छ । यस्तो गर्मीमा जनताले लोड सेडिङ खेपिरहनुभएको छ ।’

उहाँले नेपाल जलश्रोतको धनी देश भएपनि अहिले लोड सेडिङ बढिरहेको भन्दै गुनासो गर्नुभयो ।




भर्खरै