१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रधानमन्त्री बजेट निर्माणमा उदासिन देखिएसम्म बजेट काम लाग्ने डकुमेण्ट बन्दैन: महामन्त्री थापा

प्रधानमन्त्री बजेट निर्माणमा उदासिन देखिएसम्म बजेट काम लाग्ने डकुमेण्ट बन्दैन: महामन्त्री थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बजेट निर्माणमा उदासिन भएसम्म बजेट काम लाग्ने डकुमेण्ट नबन्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो ।

महामन्त्री थापाले मुलुकको कार्यकारी प्रधानमन्त्रीले बजेट निर्माणको विषयमा चासो र संलग्न भएको नपाएको बताउनु भयो । उहाँले बजेट निर्माण प्रधानमन्त्रीले चासो र सग्लन हुन आवश्यक भएपनि उदासिन देखिएको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीले बजेटप्रति उदासिन भएसम्म बजेट हावादारी र काम नलाग्ने डकुमेन्टका रुपमा प्रश्तुत भइरहेको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्रीले बजेट निर्माणमा चासो र सक्रिय संग्लनता जनाउन आवश्यक रहेको औंल्याउनु भयो । महामन्त्री थापाले हरेक वर्ष बजेट प्रश्तुत गर्ने बेलामा अर्थमन्त्री परिवर्तन हुने भएकाले बजेटको जिम्मेवारी कसले दिने भन्ने गहन प्रश्न खडा भएको बताउनु भयो । उहाँले सत्तापक्षको ठूलो दल नै बजेट आफूहरुको नभएको प्रतिक्रिया भएको भन्दै बजेटको कार्यान्वयन र जिम्मेवारी विहिन हुने अवस्था देखिएको बताउनु भयो । उहाँले अर्थमन्त्रीले रातो कितावमा लेखेको कुरा अर्को वर्ष संसदमा यी कार्यक्रम योजना पूरा भए र पूरा हुन बाँकी छन् भन्ने वातावरण बनाउने जिम्मा कसले लिने ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले रातो कितावले लेखेको कुराको जिम्मेवार कोही पनि नदेखिएको बताउनु भयो । उहाँले सत्तापक्षसँग बहुमत भएको पास भइहाल्न भन्दै हावादारी अनुमान गरेर बजेट ल्याउने प्रवृत्तिको अन्त्य हुन आवश्यक रहेको बताउनु भयो । उहाँले आर्थिक वृद्धिदर ६ प्रतिशत र ३ अर्ब बढी विदेशी अनुदान आउनसक्ने अवस्थानभएको बेला ५६ अर्ब अनुदान ल्याउने अनुमान हावादारी रहेको बताउनु भयो । उहाँले सत्तापक्षले ताली ठोकेर पास हुन्छ भनेर हावादारी बजेट ल्याउने प्रद्धतीको संसदमा अभ्यास भइरहेको बताउनु भयो । उहाँले मुलुकको बजेट दिनप्रतिदिन हावादारी हुँदै गएको पनि बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रलाई कडा रोग लागेको भन्दै सरकारले यसको तत्काल उपचार खोज्न जरुरी रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा आएको समस्या संरचनाको कारणले आएको भन्दैसंरचना परिवर्तन गरेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनु भयो ।

महामन्त्री थापाले सरकार भ्याट छुटको सूचि घटाउँदै जानुपर्ने ठाउँमा उल्टो बाटो हिँडेको आरोप लगाउनु भयो । उहाँले अग्रिम आयकरको बाटोबाट करका दरको समस्या समाधान नहुने बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनको बारेका अर्थमन्त्री विगतका उर्जामन्त्री भएको बेला गरेको भाषण र अहिले अर्थमन्त्री हुँदा लगाएको करमा भिन्नता भएको बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनमा इन्ट्रीदेखि माथि लक्जरी सवारी साधनमा समेत एउटै दरको कर बनाउनु राम्रो नभएको भन्दै यसको अध्ययन गरेर परिवर्तन गरिएको अध्ययन संदनलाई जानकारी गराउन माग गर्नु भयो । उहाँले चिनियाँ गाडीका कुरा विधेयकमा किन छिराउनु भयो ? भन्दै अर्थमन्त्रीलाई प्रश्न गर्नुभयो । महामन्त्री थापाले निश्चित डिजाइन चेन्ज गर्ने आयोजनालाई भन्सार छुट दिएर बाँकीलाई दिन्न भन्नु केही आयोजनाका लागि मात्रै तोकेर छुट दिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकार भ्याट छुटको सूची घटाउँदै जानु पर्ने ठाउँमा उल्टो बाटो हिँड्यो । अग्रिम आयकरको बाटोबाट यो समस्या समाधान हुँदैन । कसरी हुन्छ म जान्न चाहन्छु । विद्युतीय सवारी साधनको बारेका अर्थमन्त्री विगतका उर्जा मन्त्री भएको बेला गरेको भाषण याद छ । अहिले इन्ट्रीदेखि माथि लक्जरी सवारी साधनमा समेत एउटै लगायौं । यसको अध्ययन भएको छ भन्नु भएको छ । त्यो अध्ययन संदनलाई जानकारी गराइयोस् । चिनियाँ गाडीका कुरा विधेयकमा किन छिराउनु भएको हो म जान्न चाहन्छु । निश्चित डिजाइन चेन्ज गर्ने आयोजनालाई भन्सार छुट दिन्छु । बाँकीलाई दिन्न मन्दै गर्दा केही आयोजनाका लागि हो भन्न पाउने की नपाउने ? करका नीतिहरु स्थिर बनाउने कुरा महत्वपूर्ण छ । विद्युतीय सवारी,आलु प्याज,स्पोन्ज आइरन लगायतका करका दरहरु अर्थमन्त्रालयका एकदुई जना कोठामा बसेर चलाउने कुरा होइन । यस्तो हुँदैन । हामीले बेलायत,क्यानडाको अभ्यास हेरौं । करको दर कसैलाई बताउनु हुँदैन । रातो झोलामा बाधेर ल्याउने भनेको त्यो दिन हेरफेर हुने दर बताउनु हुँदैन भनेको हो । कुनमा कर छुट दिने र लगाउने भन्ने कुरा दुईचार जना मानिसहरु बसेर गर्ने होइन । संसदमा छलफल गर्ने भनेको हो यी कुराहरु भएनन् । त्यसमा प्रश्न र शंकाहरु छन् ।

अर्थमन्त्रीले रातो र निलो किताबमा लेखेको कुरा अर्को वर्ष आएर मैले भनेको यी कुराहरु पूरा भए यी भएनन् भनेर बताउने हो की होइन । बजेटको जिम्मा कसले लिने हो । रातो कितावले लेखेको कुराको माइवाप कोही पनि छैन । जे लेखे र पढे पनि हुन्छ । हावादारी बजेट ल्याएपनि हुन्छ । आर्थिक वृद्धिदर ६ प्रतिशत लेखे पनि भयो । ३ अर्ब बढी विदेशी अनुदान आउन सक्ने अवस्था छैन । ५६ अर्ब लेख्दे भयो । सत्तापक्षले ताली ठोकी हाल्छ । सत्तापक्षले विरोध गर्छ तर पास गदिन्छौं भनेको छ । जहिले पनि सरकार जे ल्याएपनि हुन्छ पास हुन्छ सत्तामा बहुमत छ । यो खालको संसदमा अभ्यास गरिरहेका छौं । यसले गर्दा पनि मुलुकको बजेट दिनप्रतिदिन हावादारी हुँदै गएको छ । मुलुकको अर्थतन्त्रलाई कडा रो लागेको छ । सरकारले यसको उपचार नखोजि हुँदैन । अर्थतन्त्रमा आएको समस्या संरचनाको कारणले आएको छ । यी संरचना परिर्वतन गरेसम्म अर्थतन्त्र चलायमान हुँदैन । प्रधानमन्त्रीले बजेट निर्माणमा चासो राखेको र संलगन भएको पाइन । नेपालका प्रधानमन्त्रीले जबसम्म बजेटका बारेमा धेरै उदासिनता राख्नछन् । त्यो बेलासम्म बजेट काम लाग्ने डकुमेन्ट बन्दैन ।’

उहाँले करका नीतिहरु स्थिर बनाउन आवश्यक रहेको भन्दै विद्युतीय सवारी,आलु प्याज,स्पोन्ज आइरन लगायतका करका दरहरु अर्थमन्त्रालयका एकदुई जना कोठामा बसेर चलाउने विषय नभएको बताउनु भयो । उहाँले बेलायत,क्यानडा लगायत अन्य मुलुकको अभ्यासलाई हेरेर करका दरलाई हेरफेर गर्न आवश्यक रहेको बताउनु भयो ।