२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनेपामा ट्राफिक प्रहरीको सामुन्ने यातायात सेवाका कर्मचारीहरुबीच कुटाकुट



अ+ अ-

काभ्रे । बनेपामा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको छ ।

अरनिको यातायात सेवा प्रालिका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याएर चक्काजाम गरेपछि विवाद भएको थियो । सोहिक्रममा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायातका कर्मचारीहरुबीच कुटाकुट भएको हो ।

अरनिको यातायातको सिन्डिकेट भएको भन्दै हिमाल–तराई लगायतका यातायात व्यवसायीले विरोध गर्दै आएका छन् । सोही विषयमा हिजो ओखलढुंगा र काठमाडौंमा विवाद समेत भएको थियो । यहि कुरामा अरनिको यातायातले बीच बाटोमै बस तेर्स्याएर चक्काजाम गरेको थियो ।

बीच बाटोमै बस तेर्स्याएर चक्काजाम गरेपछि यातायात खुलाउन ट्राफिक प्रहरी पुगेका थिए । प्रहरीकै सामुन्ने उनीहरुबीच कुटाकुट भएको थियो ।

अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए ।