२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व वातावरण दिवस : पानीका स्रोत संरक्षण गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जमिन र वातावरण संरक्षणमा प्रतिबद्ध भएर लाग्न आह्वान गर्नुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रकृतिको दोहन रोक्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको हो ।

संयुक्त राष्ट्र संघको आह्वानमा वातावरण संरक्षणको बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष जुन ५ तारिखका दिनलाई विश्व वातावरण दिवस मनाउने गरिन्छ । यो दिवस मनाउन थालिएको आज ५१ वर्ष भएको छ ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ मनाइने यो वर्षको वातावरण दिवसले भूमि पुनस्र्थापनाको विषयलाई केन्द्र विन्दूमा राखेको छ । पूर्वराष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हामीले पनि आजको दिनलाई हाम्रा भावी सन्ततिको सुरक्षित भविष्यका लागि हाम्रो वरिपरि रहेको जमिन तथा वातावरण संरक्षण गर्न प्रतिबद्ध भई कामको थालनी गर्ने अवसरको रुपमा उपयोग गर्न सक्नुपर्दछ ।’

‘प्राकृतिक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिकीय प्रणालीहरु जोखिममा परेका छन् । प्राकृतिक स्रोतहरुको अत्यधिक दोहन, अविवेकी उपभोग, अव्यवस्थित रुपमा गरिने विकास निर्माण कार्य जस्ता मानवीय क्रियाकलाप तथा जलवायु परिवतृनका काण हाम्रो वातावरणमा असामान्य असन्तुलन उत्पन्न भएको छ । जसका कारण आज हामी वायु प्रदूषण, जैविक विविधताको नाश, जलवायु परिवर्तन जस्ता संकट भोग्न बाध्य भएका छौं ।’ पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा अगाडि भन्नुभएको छ– ‘जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरुप ग्रहण गरिरहेको परिवेशमा दिगो पारिस्थितिकीय प्रण्ढाालीको संरक्षण गर्दै प्रकृति र मानवबीच सहअस्तित्व कायम राख्न आज नागरिक समाज, निजी क्षेत्र र सबै तहका सरकारहरु जिम्मेवार बन्न जरुरी छ ।’

उहाँले इनार, पोखरी, नदी, ताललगायतका पानीका स्रोतको संरक्षण, जमिनमुनिको पानीको दिगो सदुपयोग र पुनर्भरण, जैविक खेती प्रणालीको प्रवद्र्धन, विद्युतीय चुलो र सवारी साधनलाई प्रोत्साहन गर्न आह्वान गर्नुभएको छ । ‘विषादी एवम् करेन्ट प्रयोग गरी माछा मार्ने कार्यमा रोक, डढेलो लगाउने प्रवृत्तिमाथि रोक, प्लास्टिकजन्य सामग्रीको प्रयोगमा न्यूनीकरण तथा व्यवस्थापन जस्ता आधारभूत विषयलाई चक्रिय अर्थतन्त्रको सिद्धान्तअनुसार जीवनको अभिन्न अंगको रुपमा ग्रहण्ण गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले प्रकृतिमाथि मानवीय हस्तक्षेपका कारण हाम्रो पारिस्थितिकीय प्रणालीमा उत्पन्न असन्तुलनलाई पुनस्र्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधिहरु प्रवद्र्धन गर्नसमेत आह्वान गर्नुभएको छ ।