१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको एमालेको आरोप

काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको एमालेको आरोप
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले मेयर साहले एमाले अध्यक्ष ओलीले दिएको तबला उपहार करुणा,प्रेम,सद्भाव र संयमता कायम गर्न भएपनि प्रमुखले संयमता गुमाउँदै गएको बताउनु भयो । उहाँले प्रमुख साहले तबेलाको धुनमा काम गर्नुपर्नेमा विपरित रुपमा अगाडि जानुभएको बताउनु भयो । उहाँले मेयर साहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिनुभयो ।

उहाँले संविधानले नै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताउनु भयो । उहाँले काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु हुँदा दोष एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले महानगरपालिकामा प्रमुखको निर्वाचन जित्दा एमाले आशावादी भएको बताउनु भयो । उहाँले काठमाडौं महानगर मुलुकको राजधानी भएकाले महानगरपालिका जनप्रतिनिधि नेपालको सभ्यताको प्रतिनिधित्व गर्ने बताउनु भयो । उहाँले ऋषीमुनी र बुद्धले बनाएको सभ्यातामाथि मेयरले धावा बोल्न थालेको बताउनु भयो । उहाँले २०५४ सालमा एमालले महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य शहर बनाउने सफा शहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति वागमती,विष्णुमति,मनोहरा करिडोर बनाएको बताउनु भयो ।

उहाँले एमालले महानगरको नेतृत्व गर्दा काठमाडौंको भूकम्पपछिको निर्माणमा उल्लेख्य भुमिका खेलेको बताउनु भयो । उहाँले रानीपोखरी,कमलपोखरी,दरबार स्कुल,काठमाडौं दरबार स्क्वायर पुनर्निर्माण एमालेले गरेको भन्दै गकाठमाडौं महानगरका प्रमुखलाई सहयोग गर्न एमाले तयार रहेको बताउनु भयो । उहाँले मेयर बोलन काठमाडौलाई थप सुन्दर बनाउन आवश्यक बजेट कति चाहियो योजना ल्याउन आग्रह गर्नुभयो । उहाँले मेयर साहलाई उतेजना फैल्याएर,उश्रृंखल गतिविधिमार्फत लाखौं युवाहरुले भविष्य,सपनालाई धोका नदिन आग्रह गर्नुभयो । उहाँले मेयरले नेताहरु जेल बसेको कुरालाई खिसिट्युरीका रुपमा उडाएकोप्रति दु:ख लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु भए । त्यसको दोष पनि एमाले र एमालेका अध्यक्षले बोक्नु पर्ने ? काठमाडौं महानगरपालिकाका प्रमुख बोलेन्द्र साहलाई सम्मानका साथ भन्न चाहन्छु । उहाँ जननिर्वाचित हुनुभएको छ । उहाँले चुनाव जितेर आएपछि हामी पनि आशावादी भएका छौं । उहाँले निर्वाचन चितेर आउने बित्तिकै तबेला उपहार दिनुभएको थियो । तबेला किन उपहार दिनुभयो । किन ड्रमबजाउने उपहार दिनुभएन । बोलेन्द्र साहले संगितको ड्रम बजाएर नै आउनु भएको थियो । तर अध्यक्षले सोच विचार गरेर तबेला दिनुभयो । मेयरलाई तबेलाको धुनमा काम गर्नुस् । तबेलाको अर्थ हो । कुरुणा,प्रेम,सदभाव र सम्यमता हो । तर काठमाडौं महानगरपालिका प्रमुखले सम्यमता गुमाउँदै जानु भएको छ । काठमाडौं महानगर मुलुकको राजधानी हो । महानगरपालिका जनप्रतिनिधि काठमाडौंको सभ्यताको प्रतिनिधित्व गर्छ । नेपालको सभ्यताको प्रतिनिधित्व गर्छ । ऋषीमुनी र बुद्धले बनाएको सभ्यता छ । आज त्यो सभ्यातामाथि धावा बोलिदै छ । २०५४ सालमा एमालले २०५४ सालमा महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य सहर बनाउने सफा सहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति बागमती,विष्णुमति,मनोहरा करिडोर बनायौं । खुसीबु जग्गा पल्यानिङ,टाउनपल्यानिङ गरौं । नयाँ शहर बनाउने थालनी गरेका हौं । काठमाडौंका बाटा चौडा बनायौं । माइतीघरमण्डला,तीनकुने चौडा बनाउने कुरामा भुमिका खेल्यौं । विद्यासुन्दर शाक्य मेयर भएर आएपछि काठमाडौंको भुकम्पपछिको निर्माणमा उल्लेखिय भूमिका खेल्यौं । रानीपोखरी,कमलपोखरी,दरबार स्कुल,काठमाडौं दरबार स्वयेर पुनर्निर्माण गरौं । काठमाडौं महानगरका प्रमुखलाई सहयोग गर्न तयार छौं । मेयर बोलन जीलाई भन्न चाहन्छु पैसा कति चाहियो । सरकार दिन तयार छ । प्रधानमन्त्री,अर्थमन्त्रीलाई भनौला काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईका योजना के छन् । आउनुस हामीसँगै काम गरौंला । तर उतेजना फैल्याएर,उश्रृखल गतिविधि गरेर होएन । तपाईमार्फत लाखौ युवाहरुले यो देशको भविष्य खाजेका हुन् ।’

‘लाखौं युवाहरुले आफ्नो भविष्य,सपना तपाई मार्फत खोजेका हुन । पछिल्लो दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ । ती युवाहरु माथिको सपनालाई र मुलुकलाई धोका दिँदै हुनुहुन्छ । यो हिसाबले अगाडि नबढ्न आग्रह गर्दछु । मेयरले नेताहरु जेल बसेको कुरालाई मज्जाकले उडाउनु भयो । हामीलाई दुख लागेको छ । केपी ओली,शेरबहादुर देउवा,पुष्पकमल दाहाल, माधव नेपाल,महन्त ठाकुर,अशोक राई,उपेन्द्र यादव लगायत अग्रभावमा हुनेहरु जेल बसेर यो व्यवस्था ल्याएका हुन । त्यस बापत काठमाडौं महानगरको मेयर तपाई हुनुभएको छ । ती नेताहरुको जेल बसाईलाई मज्जाक उडाउने । हामी भन्न चाहन्छौं । जो मान्छे जसले इतिहास माति गर्व गर्न सक्छ । यसरी तपाईले भण्डाफोर गर्ने हो भने आफ्नै आमा माथि तपाईले चिथोर्दै हुनुहुन्छ । तपाई आफ्नै आमाको अस्मिता माथि प्रश्न उठाउँदै हुनुहुन्छ । तपाई काठमाडौं महानगरपालिकाको मेयर हो भन्ने कुरा नभुल्नको लागि आग्रह गर्न चाहन्छु ।’

उहाँले नेताहरू जेल बसेको कुरालाई खिसिट्युरीका रुपमा उडाएको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्नु आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो भएको बताउनु भयो । उहाँले नेकपा एमाले अहिलेसम्म भएका हरेक घटनामा छानविनको लागि तयार रहेको बताउनु भयो । उहाँले कसैले पनि एमाले माथि कसी लगाउन नपर्ने बताउनु भयो । उहाँले महाभारतमा अभिमन्युलाई घेराभित्र राखेर मार्न खोजिएको जस्तै तीन वर्ष एमालेलाई घेरबन्दी गर्न खोजिएको तर आजको आधुनिक एमाले र एमाले अध्यक्ष केपी ओली आजको अभिमन्यु भएको दाबी गर्नुभयो ।