७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस यस कारण मनाउनु पर्छ

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस यस कारण मनाउनु पर्छ
अ+ अ-

पृथ्वीनारायण शाह आधुनिक नेपाल निर्माणका नायक मात्रै होइनन् असल नागरिकका प्रतीक पनि हुन् । एकीकरणले केवल भौगोलिक र राजनीतिक पक्ष मात्रै समाहित गरेको छैन बरु अखण्डित र भावनात्मक विशालताको मान्यता र चाहना पनि बोकेको छ । चार वर्ण छत्तीस जातको फूलबारीको कल्पनामा एउटा समावेशी र समानताको आदर्श प्रतिबिम्बित भएको सहजै बुझ्न समेत सकिन्छ ।

वि. स. १७७९ पौष २७ गते जन्मनु भएका पृथ्वीनारायण शाहले २१ वर्षको उमेरमा वि. स. १७९९  चैत्र २५ गते गद्दी आरोहण गरेका थिए । वि. स. १८३१ माघ १ गते ५२ वर्षको आयुमा पृथ्वीनारायण शाहको देहलीला समाप्त भएपछि उनका उत्तराधिकारी र यस पवित्र भूभागका हामी बासिन्दाले नेपाल र नेपाली हुनुको अर्थलाई कुन रुपमा र कति अघि बढायौं, यो सूक्ष्म, वस्तुनिष्ठ र आवश्यक समीक्षाको विषय बनेको छ । तर, नेपाल कहिल्यै कुनै साम्राज्यको उपनिवेश नबनेको तथ्यले नेपालको स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मानको जग हाम्रा पूर्खाले धेरै बलियोसँग बसाएका रहेछन् भन्ने तथ्य प्रष्ट छ ।

चाहे हतियारकाे बलमा होस्, या धर्मलाई खरिद बिक्रीको बस्तु बनाएर होस्, हाम्रो नैतिक शक्ति, पहिचान र नेपालको मौलिक पक्षलाई कमजोर पार्न उद्यत रहेका आन्तरिक र बाह्य शक्तिहरुलाई पराजित गरेर पृथ्वीनारायण शाहले सुन्दर र शान्त नेपालको परिकल्पना गरेका हुन् । जटिल भूअवस्थिति र दुई विशाल छिमेकीबीच रहेको मुलुकले सन्तुलित र समदूरीको नीति अपनाउनु पर्ने, बाह्य हैन आन्तरिक लगानीमा मुलुकको आर्थिक समृद्धि सुनिश्चित गर्नु पर्ने, आवश्यक पर्दा प्रतिरक्षात्मक युद्धमा जानु पर्ने तर "नो फस्ट अट्याक"को सिद्धान्त अपनाउनु पर्ने, घुस लिने र दिने दुवैलाई अपराधी मानिनु पर्ने र नागरिकको समृद्धिमा मात्र राज्यको समृद्धि हुन्छ भन्ने जस्ता नीतिगत मान्यता उनले विकसित गरेका थिए । नागरिकले चाहेकोलाई ‘कजाई’ दिनु पर्छ भन्ने प्रजातान्त्रिक सोचलाई पनि उनले अघि बढाएका थिए । उनले सगरमाथा र महात्मा गौतम बुद्धको यो भूमिलाई आफ्नो राजनीति र दर्शन तथा त्यसको प्रयोगबाट विश्वमै सम्मानित परिचय दिन सके जसलाई बचाउनु र सम्मानित बनाउनु आज हाम्रो परम कर्तव्य बनेको छ ।

बाह्य षड्यन्त्रलाई पराजित गर्न सफल पृथ्वीनारायण शाहलाई बाहिरी मालिकका आडमा आज आएर खलनायिकीकरण गर्ने अपराध भइरहेको छ । बाहिरी अनुदानमा चलेका र लर्ड मकाउलेको ‘आदर्श’ मा चल्ने अनुसन्धान संस्था पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ को आधिकारिकतामा प्रश्न उठाउँदैछन् भने २०६३ मा विदेशीहरुले प्रेस्क्राइब गरेको राजनीतिक एजेण्डाका आधुनिक बाहक पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकालाई निषेध गर्दै पृथ्वीनारायण शाहको शालीक तोड्ने र नेपालको गौरवमय इतिहासलाई स्वतन्त्र नेपालको वर्तमान र भविष्यसँग सम्बन्ध विच्छेद गर्न उद्यत देखिएका छन् ।

पृथ्वीनारायण शाहको शालिक राष्ट्रिय एकताका मूल्य र मान्यता तथा सम्मानका साथ उभिएको बुझेर नै नेपाली एकताभाव तथा राष्ट्रियतालाई खण्डित गर्ने उद्देश्यका साथ तोडिएको थियो । प्रतिकात्मक त्यो मूर्ति आज हामी समक्ष सग्लो उभिएको छ । हामी त्यो एकताभावको पुनर्निर्माणमा र ‘फुटेकाहरु जुट्ने’ क्रममा छौँ । घरभित्रैका विधर्मी अब हतोत्साहित छन्, यद्यपी मुलुक तथा राजनीति सञ्चालन बाहिरबाट हुँदा र धर्मनिरपेक्षताका नाममा धर्म परिवर्तन र त्यसको किनबेच जारी रहँदासम्म पृथ्वीनारायण शाहले चाहेको र कल्पना गरेको मुलुक अक्षुण्ण राख्न नसकिने प्रस्ट भएको छ ।

सूर्यचन्द्र अङ्कित राष्ट्रिय झण्डा फहराएको स्वाभीमानी र वीरतापूर्ण गौरवगाथाले अभिप्रेरित प्यारो मातृभूमि नेपालका हामी सम्पूर्ण नेपालीहरु अहिले एउटा अति महत्वपूर्ण र विशिष्ट मूल्य मान्यतायुक्त त्यो दिनको प्रतीक्षामा छौं जुन दिन हामीलाई हाम्रो राष्ट्रप्रेम, राष्ट्रिय स्वाभीमान, वीरता र गौरवपूर्ण विगत सम्झन, बुझ्न र मनन गर्न प्रतिसन्देश गर्दछ ।

त्यो दिन हो पौष २७ः २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । हाम्रो गौरवपूर्ण इतिहासले यो दिनको महत्वलाई अजर र अमर अवस्थामा स्थापित गरेको छ, नेपाल र नेपाली हुनुको गौरवको स्राेतकाे रुपमा रहेको छ । हुनत इतिहासले विभिन्न कालखण्डका विविध घटना, परिदृष्य र पात्र–चरित्रहरु पनि बोकेको हुन्छ । तर जुन इतिहासले वर्तमानका लागि र भविष्यको आशा संचार गराउँदै पथ प्रदर्शन गर्ने सामर्थ्य राख्छ त्यो इतिहासको पानामा मात्र नभएर वर्तमान र भविष्यको उज्यालो पक्षको गुरु पनि बन्छ ।

हामीले राष्ट्रिय एकता दिवसलाई यही हैसियतमा बुझेका छौं र मानेका छौं । हामीले देख्यौं समयको फेरोमा धेरै आरोह र अवरोहहरु आए, विभिन्न प्रयोगहरु भए र भैरहेका छन् । परिवर्तन र रुपान्तरणका नाममा आएका र ल्याइएका सस्ता महंगा खेल–तमासाहरु पनि हामीले देखिरहेका छौं । ती खेल–तमासाहरु, चालढाल, गतिविधिहरु, पात्रहरु र तिनका चरित्रहरु देख्दैछौं । तर समयको अन्तरालमा तिनले पनि समयको परीक्षणमा बस्नु पर्ने हुन्छ र त्यसको निर्णय र नतिजा पनि आउँछ र भोग्नु पर्छ नै । यही क्रमबाट गुज्रदै, विभिन्न परिस्थिति, दृष्य, गतिविधि झेल्दै र भोग्दै हामी नेपालीहरु आजका दिनमा विषम र दुःखपूर्ण अवस्थाहरुले युक्त कठिन मोडमा आइपुगेका छौं ।

हाम्रा अगाडि घटना, पात्र र चरित्रहरु व्यक्त र अव्यक्त समेत छन् । हामीले २००७ सालदेखिको घटना र परिस्थिति र तिनले सृजना गरेका अवस्थाहरुलाई नियालेर आजका दिनसम्म आइपुग्दा नेपाल र नेपालीको भाग्य र भविष्यको सम्बन्धमा के महसुस गरिरहेका छौं ? यो भविष्यलाई सुनिश्चित गर्ने सिद्धान्त–नीति, मार्गचित्र र व्यवहार के हो ? र कस्तो हुनु पर्ने हो ? यसको स्पष्ट जवाफ अब आउनु पर्छ । के आज हामी सबैलाई यही प्रश्नले पिरोलिरहेको छैन र ? यसर्थ आगामी पौष २७ को २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्वलाई हामीले यही सन्दर्भ र परिप्रेक्ष्यमा बुझ्नु पर्छ र यसबारे सोच्न, विश्लेषण गर्न र ठोस निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन भन्ने हाम्रो दृढता रहनु आवश्यक देखिएको छ । राष्ट्रिय एकता दिवसले यही विषयमा इशारा गरिरहेको छ, प्रतिसन्देश दिइरहेको छ ।

समयको दुःखपूर्ण कालखण्डमा हामीले यस्तो दिन र अवस्था पनि देख्यौं कि जसले राष्ट्रको एकीकरण गर्यो, जुन महानायकको साहस र दूरदृष्टिले नेपाल राष्ट्र बनायो र आज हामी नेपाली भएर बाँच्न र हुर्कन पाएकोमा गौरव गर्ने गर्छौ, त्यही महानायकको अवहेलना र अवमूल्यन भयो, गरियो । इतिहासको सच्चाईलाई तोड्ने–मोड्ने र दुत्कार्ने चेष्टाहरु भए । तर सूर्य त सूर्य नै हो, केही समय बादल लाग्दैमा न त सूर्यको तेज र प्रकाश विनष्ट हुन्छ न त आवश्यकता, महत्व र गरिमा । राष्ट्रिय एकता दिवसको महत्वलाई जीवन्तता दिन, नेपाल एकीकरणका महानायकको श्रेयलाई उच्च महत्वका साथ आदर गर्न, एवं नेपाल र नेपालीको गौरवगाथा र हक जोगाउन अहिले धौ धौ भएको  छ ।

समग्रतामा भन्दा राष्ट्र इतिहासको कठिन मोडमा गुज्रिरहेको छ । हरेक परिवर्तन र रुपान्तरणका कुराहरु भ्रम, अन्योल र दुष्चक्रका कारक र परिणाम बनेका छन् । हामी अब वास्तविकता बुझ्न, विश्लेषण गर्न र सकारात्मक निर्णय गर्न चुकेमा आगामी दिनहरुमा झनै कष्टप्रद हुने लक्षण स्पष्ट छन् । यसर्थ यही परिवेश र परिप्रेक्ष्यमा पौष २७ को महत्वलाई बुझौं र आत्मसात गरौं । एकपटक पुनः हामीले हाम्रो गौरवपूर्ण इतिहास, राष्ट्रिय एकता र सदभाव छिन्नभिन्न भएको सूत्रलाई  पहिल्याउनुपर्ने अवस्थाले गर्दा सबै नेपाली गम्भीर बन्न अपील गर्दै हामी सबै एक भइ पौष २७ को २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्वलाई स्मरण र मनन गर्दै भव्य रुपमा मनाउन हार्दिक आह्वान गर्दछौं ।  आज राष्ट्रको राजनैतिक, आर्थिक, समाजिक, कुटनैतिक र धार्मिक सांस्कृतिक अवस्था र परिवेशमा भैरहेको अनर्थ र अनाचारले देश आक्रान्त छ ।

आत्मस्वाभीमान, इमान, स्वविवेक, स्वच्छता र सुशासनका पक्ष कमजोर र परास्त भएको अवस्था छ । देशको शासन–प्रशासन चलाउनेहरु भ्रष्ट र स्वार्थमा डुबेका घटनाहरुको फेहरिस्त बढ्दो छ । शक्ति पृथकीकरण, सन्तुलन र जवाफदेहिताका  मुलभूत मान्यतामा ह्रास आउने खतरा झनझन बढ्दो छ । यी सबै परिप्रेक्ष्य र परिवेशमा हाम्रा सामु एउटा पेचिलो साझा प्रश्न छ – अब के गर्ने त ? यही प्रश्नको उत्तर राष्ट्रिय एकता दिवसको पृष्ठभूमि र महत्वमा खोज्नु आवश्यक छ । एक हातमा एक मुठ्ठी मातृभूमिको माटो लिएर र अर्को हातले हृदय छोएर सोच्ने र निष्ठापूर्वक निर्णय लिने मोडमा हामी छौं । सबै सचेत नागरिकले नेपाल र नेपालीको भविष्य बारे सोच्न, राष्ट्रिय स्वाभीमान बचाउन र समृद्धिको मार्गचित्र स्पष्ट गर्न आगामी राष्ट्रिय एकता दिवस एउटा सेतु बन्नेछ भन्ने विश्वासका साथ हामी सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरु एवं राष्ट्रवादी, लोकतान्त्रिक, र प्रगतिशील शक्तिहरु लगायत सबै दल, संगठन, संघ संस्थालाई उक्त दिन राष्ट्रिय झण्डामा एक्यबद्ध भई राष्ट्रियता, राष्ट्रिय एकता, स्थिरता, आत्मस्वाभिमान, समृद्धि र सुशासनको पक्षमा उभिन र २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन हार्दिक आह्वान गर्दछौं।

साथै हामी प्रतिबद्धताका साथ नेपाल सरकारलाई पनि निम्न कार्य गर्न अनुरोध समेत गर्दछौं ।

१)    प्रत्येक वर्ष पौष २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउनका लागि सार्वजनिक विदा दिन,
२)   नेपाल सरकारका तर्फबाट पनि पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको गरिमा र महत्वलाई आत्मसात गरि भव्य र हर्षाेल्लासका साथ मनाउन,
३)   पृथ्वीनारायण शाहको जन्म स्थान रहेको गोरखा दरबारको संरक्षण गरि सो स्थानलाई पृथ्वीनारायण शाहको बाल्यकालदेखि नेपाल एकीकरण र सिंगो जीवनी झल्किने एक संग्रहालय स्थापना गर्न,
४)   पृथ्वीनारायण शाह र उनको दिव्य उपदेशलाई स्कुल र कलेजमा अध्यापन गर्ने गराउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न,
५)   पृथ्वीनारायण शाहको जीवनीलाई लिएर राज्यका तर्फबाट एक वृत्तचित्र (Documentary) बनाउन र सो को व्यापक रुपमा प्रचार प्रसार गर्न, र
६)   नोट छाप्ने कार्य गर्न गराउन ।