काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ९ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज शुक्रवार देशभरी ५ अजार २ सय ६९ जनामा कोरोना संक्रमणको परिक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
साथै ५ सय ८५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ भने कुल कोरोना संक्रमितको संख्या भने २ लाख ६४ हजार १ सय ५९ पुगेको छ।











