२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकट व्यवस्थापनसम्बन्धी जनशक्ति अब नेपालमै



अ+ अ-

काठमाडौं । नेपालमा संकट व्यवस्थापनको प्रभावकारिता बढेको छ । आवश्यक जनशक्ति उत्पादन हुन थालेपछि यसको प्रभावकारिता बढेको हो ।

नेपालमा समर्पण एकेडेमीले एक दशकदेखि संकट व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यहाँबाट उत्पादित जनशक्तिले नेपालभित्र आइपर्ने संकट व्यवस्थापन गर्दै आएका छन् ।

नेपालमा संकट व्यवस्थापनसम्बन्धी जनशक्ति नभएका बेला विदेशी विज्ञको भर पर्नुपर्ने अवस्था थियो । तर समर्पण एकेडेमीले संकट व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गरेपछि नेपालमा अब जनशक्ति अभाव हुन छाडेको हो ।

पछिल्ला ५ वर्ष यता नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले आफ्ना अधिकृतहरुलाई संकट व्यवस्थापनको अध्ययन गर्न प्रोत्साहित गर्दै आएका छन् ।

विभिन्न सेमेस्टारमा अध्ययन गरिरहेका विद्यार्थीबीच आइतबार गरिएको प्रयोगात्मक अभ्यासको समापन समारोहमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य तथा विपद् व्यवस्थापन विज्ञ डा. गंगालाल तुलाधरले नेपाल धेरै प्रकारको विपद् र जोखिमले घेरिएर रहेकाले कुनै पनि बेला आइपर्ने संकटलाई व्यवस्थापन गर्न धेरै दक्ष र तालिम प्राप्त जनशक्ति आवश्यक रहेको बताए ।

समर्पण एकेडेमीका अध्यक्ष सनद बस्नेतले बल प्रयोग गरेर व्यवस्थापन गरिने पद्धति बिस्तारै परिवर्तन हुन थालेको बताए । संकट व्यवस्थापन नै पढेको जनशक्तिले गर्ने व्यवस्थापकीय कार्य गुणस्तरीय र प्रभावकारी हुने उनको भनाइ थियो ।