५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

५४२ लोकसभा सिटको मतगणना ८ बजेदेखि



अ+ अ-

एजेन्सी । के नरेन्द्र मोदीले पण्डित नेहरूको लगातार तीन पटक प्रधानमन्त्री बन्ने कीर्तिमान बराबरी गर्नेछन् ? के बीजेपीको ३७० र एनडीएको ४०० पार गर्ने दाबी पूरा होला ? १० वर्षपछि कांग्रेसलाई सत्तामा फर्कने मौका मिल्छ ? आज यी तीन ठूला प्रश्नहरूको जवाफ आउनेछ ।

५४२ लोकसभा सिटको मतगणना आज बिहान ८ बजे देखि सुरु हुनेछ । यो हुलाक मतपत्रबाट सुरु हुनेछ, त्यसपछि ईभीएम भोट गणना हुनेछ । अबको दुई घण्टामा नयाँ सरकारको स्थिति झण्डै स्पष्ट हुनेछ । उत्सव र निराशाका तस्बिरहरू पनि २ बजेसम्म देखिनेछन् ।

१६ मार्चमा, निर्वाचन आयोगले ७ चरणहरूमा ५४२ लोकसभा सिटहरूको लागि मतदानको मिति घोषणा गरेको थियो । अप्रिल १९ बाट सुरु भएको मतदान प्रधानमन्त्री मोदीको वाराणसी सहित ५७ सिटमा जुन १ मा सकिएको थियो ।

४४ दिनको यो निर्वाचन सन् १९५२ पछिको सबैभन्दा लामो थियो । यो १९५२ मा ४ महिना चल्यो । पहिले यो सामान्यतया ३० देखि ४० दिनमा समाप्त हुन्थ्यो ।

जुन १ मा जारी १२ प्रमुख एक्जिट पोल अनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने देखिन्छ ।