७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

प्रतिनिधि सभा विघटनको पक्ष/विपक्षमा राष्ट्रिय सभा सदस्यहरु

प्रतिनिधि सभा विघटनको पक्ष/विपक्षमा राष्ट्रिय सभा सदस्यहरु
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा पनि राष्ट्रिय सभा सदस्यहरु प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा बाडिएका छन् । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधी सभा विघटन गरी नयाँ चुनाव मिति घोषणा गर्नु प्रतिपक्षीको लागि राम्रो हुनुपर्ने बताउनुभयो । प्रमुख प्रतिपक्षी लगायतले जनतामा जान खुट्टा कमाएको उहाँको भनाई छ । संवैधानिक इजलाशमा गएपछि यो विषय संवैधानिक भएको उहाँले टिप्पणी गर्नुभयो । प्रतिनिधि सभा विघटन प्रतिगमन नभएको उहाँको जिकिर छ ।  राष्ट्रिय सभा सदस्य दिल कुमारी रावल थापा (पार्वती)ले सरकारलाई पार्टी भित्र, संसदीय दल, संसदीय समितिहरुबाटै काम गर्न रोक्ने प्रयास भएको बताउनुभयो ।

पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई अभियोगपत्र दर्ता गराउनु लगायतको कामले यस्तो अवस्था आएको उहाँको तर्क छ । जनताको बिचमा जाने कुरा प्रजातन्त्रको मुल्य, मान्यता र आदेश भएको उहाँले बताउनुभयो । सडकमा जानुभन्दा जनताको बिचमा जानु नै ठिक भएको उहाँले टिप्पणी गर्नुभयो । राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले प्रधानमन्त्रीको तीन वर्षे कार्यकालमा बजेट ल्याउँदा, नीति कार्यक्रम ल्याउँदा कतै बाधा व्यवधान नगरिएको बताउनुभयो । सरकारलाई काम गर्न नदिएको भन्नेकुरा तथ्यले कतैपनि प्रमाणित नगर्ने उहाँको भनाई छ । प्रधानमन्त्रीले असंवैधानिक तथा प्रतिगामी कदम चालेको उहाँले बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहले सरकारले असंवैधानिक, अलोकतान्त्रिक ढंगले प्रतिनिधि सभा विघटन गरेकोमा आपत्ति तथा विरोध रहेको बताउनुभयो । राष्ट्रिय सभा सदस्य विमला घिमिरले कानुनी सर्वोच्चताको ख्याल नगरी सर्वोच्च अदालतमा रहेको संसद विघटनको विषयमा सडकमा नारा लगाउनु जायज नभएको बताउनुभयो । सरकारले गरेको कामको अपव्याख्या भएको उहाँको भनाई छ । राष्ट्रिय सभा सदस्य कोमल वलीले राज्यका सबै अंगहरुमाथि अनावश्यक शका गरिएको बताउनुभयो । सरकार, संसद, अदालत, निर्वाचन आयोगमाथि शंका गर्नेहरुले नै सरकारलाई सर्वसत्तावादी भनेको उहाँले बताउनुभयो । संविधानको व्याख्या गर्ने जिम्मा अदालतलाई दिएकाले अदालतको निर्णय स्वीकार गर्ने उहाँको भनाई छ ।

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सर्वोच्च अदालतलाई प्रभावित हुनेगरी प्रस्तुत हुन जरुरी नरहेको बताउनुभयो । सर्वोच्च अदालतले यसको निरुपण गर्ने सम्बन्धमा गरेको फैसला आत्मसात् गर्ने उहाँको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभाको विघटन गरेसँगै राजनीतिको मुख्य केन्द्रमा यही विषय परेको छ । पौष १७ गतेदेखि प्रारम्भ भएको राष्ट्रिय सभाको यस अधिवेशनमा पनि हरेक बैठकमा प्रधानमन्त्रीको कदमको पक्ष र विपक्षमा राष्ट्रिय सभा सदस्यहरु उभिएका छन् । शुक्रबारको बैठकमा पनि राष्ट्रिय सभा सदस्यहरु प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा उभिदै आफ्नो धारणा राखेका हुन् ।