८ श्रावण २०८३, शुक्रबार
,
Latest
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना तीनवटा संसदीय समितिको बैठक बस्दै वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यसरी सम्भव छ बाह्रैमास पर्यटन बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद् विधेयकसम्बन्धि राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश



अ+ अ-

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि (पहिलो संशोधन) विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा उहाँले सो विधेयकको प्रतिवेदनमा पेश गर्नुभएको हो । संवैधानिका निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्य विधि तथा संवैधानिक परिषदको कार्य सम्पादन गर्ने ऐन बनाउने कुरामा समितिमा सहमती जुटाउन सफल भएको सभापति खतिवडाले बताउनु भयो ।

उहाँले सो प्रतिवेदन तयार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका सम्बन्धित पक्षसँग छलफल गरिएको पनि जानकारी दिनुभयो ।