१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल

अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन बजेट माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । पौडेलले अर्थमन्त्री पुनले सहज बाटो नरोजेको बताउनु भयो । उहाँले अर्थतन्त्रीले अर्थतन्त्रका चुनौतीकाबीच काम गर्ने कोशिस गरेको देखिएको बताउनु भयो ।

पौडेलले अर्थमन्त्री पुनले बजेट तुलनात्मक रुपमा सन्तुलित ल्याएको बताउनु भयो । उहाँले २० खर्बको हाराहारीमा बजेट आउने बाहिर आशका र अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरु पनि सन्तुलित आकारको बजेट आएको दाबी गर्नुभयो । उहाँले अर्थमन्त्रीले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोडको बजेटको आकार तुलनात्मक रुपमा सन्तुलित रहेको उल्लेख गर्नुभयो । उहाँले बजेटको आकार अनुसार स्रोत जुटाउन सजिलो नभएको बताउनु भयो । उहाँले बजेटको स्रोत जुटाउन सजिलो नभए पनि सीमासम्म जानसकिने बताउनु भयो । उहाँले बजेटलाई महत्वकांक्षी भन्दा पनि उच्च आकाँक्षी भन्न मिल्ने बताउनु भयो । उहाँले राजश्व संकलन,आन्तरिक ऋण र अन्तर्राष्ट्रिय सहयोगमा उच्च आकाक्षा राखेको बताउनु भयो । उहाँले अर्थमन्त्रीले आफैँले चुनौती सिर्जना गर्ने चुनौती सामना गर्ने अठोट गरेको पाएको बताउनु भयो । उहाँले चुनौतीपूर्ण यात्रा तय गरी त्यसलाई पार गर्नु अर्थमन्त्रीको लागि महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले जेठ १६ गतेसम्म ८ खर्ब ६७ अर्ब राजश्व संकलन भएको र चालु आर्थिक वर्षमा ११ खर्ब राजश्व संकलन हुने अनुमान भएपनि आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गर्नुभएको भन्दै सहज नभएको बताउनु भयो । उहाँले सरकारले राज्यका सबै संरचना संयन्त्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न सम्भव रहेको बताउनु भयो । उहाँले वैदेशिक सहयोगमा जेठ १६ गतेसम्म १४ अर्ब ८६ करोड मात्रै वैदेशिक सहयोग प्राप्त गर्न सकेको तर आगामी आर्थिक वर्षको लागि ५२ अर्ब लक्ष्य निश्चित भएको भन्दै यो पनि सजिलो नभएको बताउनु भयो । उहाँले वैदेशिक ऋण चालु आर्थिक वर्षमा ७१ अर्ब मात्रै प्राप्त गर्न सकेको भन्दै आगामी आर्थिक वर्षमा २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने निश्चित गर्नु चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले राजश्वले साधरण खर्च धान्न नसक्ने,ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्थामा आगामी आर्थिक वर्षमा ३३० अर्ब आन्तरिक ऋण उठाउने प्रश्ताव स्वभाविक रुपमा सीमा भन्दा माथि रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘बजेट तुलनात्मक रुपमा सन्तुलित छ । बाहिर आशका र अनुमान गरेका थिए । अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरु पनि आएका थिए । २० खर्बको हाराहारीमा बजेट बन्छ भनेर चर्चाहरु पनि आएका थिए । अर्थमन्त्रीले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रश्तुत गर्नुभएको छ । बजेटको आकार पनि तुलनात्मक रुपमा सन्तुलित मान्छु । बजेटको आकार अनुसार स्रोत जुटाउन सजिलो छैन । सजिलो नभए पनि यो सिमासम्म जानसकिन्छ । बजेटलाई महत्वकांक्षी भनेका छन् तर म महत्वकांक्षी भन्नदिन उच्च आकाक्षी बजेट भन्छु । राजश्व संकलन,आन्तरिक ऋण र अन्तर्राष्ट्रिय सहयोगमा उच्च आकांक्षा राखेको छ । बजेटलाई उच्च आकाक्षी भन्दा राम्रो पदावली होला भन्ने लाग्छ । अर्थमन्त्रीले आफैँले चुनौती सिर्जना गर्ने चुनौती सामना गर्ने अठोट गरेको पाए । अर्थमन्त्रीले सहज यात्रालाई रोज्नुभएको छैन । चुनौती सिर्जना गर्ने र सामना गर्ने अठोट अर्थमन्त्रीले गर्नुभएको छ । बजेट निर्माणको यो दृष्टिकोणलाई राम्रो मान्छु । सहज यात्रालाई जो कसैले पनि गर्न सक्छ । चुनौती पूर्ण यात्रा तय गरी त्यसलाई पार गर्नु महत्वपूर्ण हुन्छ । अर्थमन्त्रीले सहज ढङ्गले काम गर्दिन ।’

‘अफ्ठ्याराहरुका बीचमा काम गछु । मुलुकका निम्ति चुनौतीका बीचमा काम गर्ने र चुनौतीलाई पार गर्ने अठोट लिनु भएको छ । अर्थमन्त्रीले बजेटको स्रोतमा जुन प्रश्तावहरु गर्नुभएको छ त्यहाँ चुनौती सिर्जना गर्ने र पार गर्ने रहेको पाउँछु । जेठ १६ गतेसम्म ८ खर्ब ६७ अर्ब राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षमा ११ खर्ब राजश्व संकलन होला भन्ने अनुमान गर्न सकिन्छ । तर आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गर्नुभएको छ । यो लक्ष्य सजिलो छैन । तर मेहनतका साथ राज्यका सबै संरचना संयन्त्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न असम्भव पनि छैन । वैदेशिक सहयोगमा जेठ १६ गतेसम्म १४ अर्ब ८६ करोड मात्रै वैदेशिक सहयोग प्राप्त गर्न सकेका छौं । आगामी आर्थिक वर्षको लागि ५२ अर्ब लक्ष्य निश्चित गर्नु भएको छ । वैदेशिक ऋण चालु आर्थिक वर्षमा ७१ अर्ब मात्रै प्राप्त गर्न सकेका छौं । २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने निश्चित गर्नुभएको छ । यो प्रस्ताव पनि चुनौतीपूर्ण छ तर असम्भव भने छैन । राजश्वले साधरण खर्च धान्न नसक्ने,ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्थामा छौं । यस्तो अवस्थामा ३३० अर्ब आन्तरिक ऋण उठाउने प्रश्ताव स्वभाविक रुपमा सीमा भन्दा माथि छ ।’

पूर्वअर्थमन्त्री पौडेलले बजेटमार्फत सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य सम्भव रहेको बताउनु भयो । उहाँले प्रश्तुत गरिएका स्रोत परिचालन,खर्च व्यवस्थापन प्रभावकारी रुपमा गर्ने,उत्पादनका क्षेत्रहरुमा लगानी केन्द्रित गर्नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हु सक्ने दाबी गर्नुभयो । उहाँले अर्थमन्त्रीले बजेट निर्माण गर्दा सत्तारुढ दलका प्रमुख नेताहरुसँग बजेटका विषयमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले अर्थमन्त्रीले शिर्ष नेताहरुसँग छलफल गर्नसकेको भए बजेट अझ राम्रो आउने अवस्था रहेको बताउनु भयो । पौडेलले नयाँ चरणको आर्थिक सुधार भनिएको भन्दै त्यसलाई अझ स्पष्ट बनाएर जान आवश्यक रहेको बताउनु भयो । उहाँले उच्च स्तरको कार्यदल गठन भन्दा पनि राजनीतिक नेतृत्वले नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम गर्ने भनेर आउनुपर्ने बताउनु भयो ।