४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबारमा सर्वसाधारण जनतालाई हाफपाइन्ट र चप्पल लगाएर प्रवेश गर्न नदिइएको भन्दै सरकारको जवाफ माग गर्नुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफपाइन्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सांसदहरुले जुनसुकै प्रकारको पोशाक लगाएर पनि आउनसक्ने तर सर्वसाधारणको पोशाक हेरेर रोकिने गरेको भन्दै त्यसो गर्नु नहुने बताउनु भयो । उहाँले सांसद र मन्त्रीहरुले कस्तो पोशाक लगाएर आउनुपर्ने हो भन्ने रुलिङ हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कतिजना छौँ ? हामी साडीमा आउँछौँ कि ? कोट, पाइन्ट, टाई लगाएर आउँछौँ कि ? आफ्नो मातृ डे«ेस लगाएर आउँछौ कि ? आज यो संसदमा कोही फ्रक लगाएर आउनुभएको छ । कोही टिसर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही जम्पर लगाएर आउनु भएको छ । हामीलाई चाहीँ सबै छुट ? अनि जनतालाई चाहीँ त्यसमा बन्देज ? नियम बनाउने हामी माननीयले चाहीँ जस्तो लगाएर यहाँ आएपनि भयो । नौरंगि फेसन लगाएर आएपनि हुन्छ हामीले चाहीँ केही गर्नु नपर्ने ? विचरा जनताहरु हाफपाइन्ट लगाएर प्रवेश नपाउने सिंहदरबारको ढोकामा ।’

‘चप्पल लगाएर हेर्न नपाउने संसद भवनमा । अत्यन्तै अपm्ठ्यारो विषय हो । त्यसकारणले सभामुखमार्फत म प्रश्न पनि राख्न चाहन्छु सरकारलाई कारण के हो ? हाफपाइन्ट लगाएर भित्र जान नपाउने । हामी चाहीँ सबै ड्रेस लगाएर यहाँ आइरहेका छौँ । नेपालका सांसद र मन्त्रीले कस्तो ड्रेस लगाउँछ ? बाहिरतिर पनि हेरौँ । संसद पस्दा हामीले कस्तो ड्रेस लगाएर पस्नुपर्छ भन्ने सभामुखबाट रुलिङ होस् । सर्वसाधारण जनतालाई के कारणले रोक्यो त्यसमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले सर्वसाधारण जनतालाई पोशाकका कारण सिंहदरबार र संसद भवन दुवै ठाउँमा रोकिएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।