२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका



अ+ अ-

चौतारा । नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुनसान भएको छ । नाकामा केही सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । अधिकांश पसल र होटेल बन्द प्राय: छन् । केही खुुलेका पसलमा पनि व्यापार घटेको छ । मितेरी पुल आसपास चीनबाट आयात गरिएका सवारी मात्रै छन् । जिल्लाको पूर्वी भेगका बासिन्दा यहाँका चिनियाँसँग मिलेर आफ्नो मुख्य आयस्रोत यार्सागुम्बा सङ्कलनका लागि चीन र नेपालको उच्च लेकक्षेत्र पुगिसकेका छन् ।

अध्यागमन कार्यालय कोदारीका सूचना अधिकारी दिनेश बराईकाअनुुसार चीनले यहाँका माथिल्लो हिमाली भेगका लेकक्षेत्रमा यार्सा सङ्कलन र बिक्री गर्ने अनुमति दिएको छ । यहाँका सबैजसो स्थानीय र व्यवासायी यार्साकै लागि लेकमा पुगेकाले सीमाको बजारमा खासै चहलपहल छैन ।

यसअघि विभिन्न जिल्लासहित राजधानी र सीमाक्षेत्रका गरी झण्डै तीन हजारभन्दा बढी यार्सा सङ्कलक लेकक्षेत्र पुग्ने गर्थे । वैशाखको दोस्रो सातादेखि सुरु हुने यार्सा सङ्कलनका लागि सीमाक्षेत्रबाट मात्रै झण्डै सात सय जना त्यसतर्फ प्रस्थान गरेको प्रारम्भिक अनुमान गरिएको छ । चीनको खासा, रमिते, पाङका स्थानीयले मितेरी पुलभन्दा पर रहेका चिनियाँ बजारमा झण्डै दुई दर्जन पसल सञ्चालनमा ल्याएका थिए ।

“चलेका पसल पनि अरुलाई जिम्मा दिएर गएका छन् भने अधिकाशंले सटर बन्दनै गरेका त्यता लागेका छन्, फलस्वरुप चिनियाँ बजार सुनसान बनेको छ”, भोटेकोशी चेम्बर अफ कर्मशका अध्यक्ष फुनु शेर्पा बताउनुहुन्छ ।

यसअघि नेपाली यार्सा सङ्कलकलाई चीनको उच्च इलाकामा यार्सा टिप्न पूरै बन्देज थियो । चीनको भू–भागमा पर्ने गौरीशङ्कर हिमशृङ्खला र पर्वतको फेदीस्थित लाप्ट, रेल्दोन, मानचौरजस्ता स्थानका यार्साको मूल्य राम्रो पाउने भएकाले स्थानीय जोखिम मोलेर भए पनि त्यहाँ यार्सा सङ्कलन गर्न जाने गरेका थिए ।

अहिले सर्वसाधरणकै अनुमति पत्रलाई आधार मानेर यार्सा टिप्न दिएयता उत्साहित यहाँका यार्सा सङ्कलक गाउँ रित्ताएर लेकमा पुगेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा व्यापारिक चहलपहल बढेको सुधार आइरहेको बताउनुभयो ।

तातोपानीबाट अहिलेसम्म आठ वटा कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन् । त्यसबाहेक निर्यात छैन्, भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामग्री आएका छन्, सवारी पनि भित्रिरहेको भन्सार प्रमुख केसीले जानकारी दिनुभयो । रासस