२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

मध्यावधि निर्वाचन अन्योलमै, चारै सुरक्षा निकाय भने निर्वाचनको तयारीमा

मध्यावधि निर्वाचन अन्योलमै, चारै सुरक्षा निकाय भने निर्वाचनको तयारीमा
अ अ+ अ-

काठमाडौ । मध्यावधि निर्वाचन हुने–नहुने अन्योल रहे पनि चारवटै सुरक्षा निकायले निर्वाचनको सुरक्षा योजना बनाउने गृहकार्य शुरु गरेका छन् । वैशाख १७ र २७ गते दुई चरणमा हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनको तयारी नगर्न निर्वाचन आयोगलाई नेकपा प्रचण्ड–नेपाल समूहले सचेत गराएको भोलिपल्टै सुरक्षा निकायबाट गृहकार्य थालिएको जानकारीमा आएको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । यसले गर्दा निर्वाचन हुने वा नहुने अन्योल कायमै रहेको छ ।

घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी आयोगमा आएको बताउँदै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्वाचनको विभिन्न पाटोमा केन्द्रित रहेर योजना बनाउने काम थालेको जानकारी दिनुभएको छ । सरकारको निर्देशनबमोजिम आयोगसंँग समन्वय गरेर सुरक्षा अधिकारीहरु शान्ति सुरक्षाको तयारीमा जुटेका हुन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी शुरु गरेको हो । त्यसमा आयोगको प्रतिनिधि पनि रहेका छन् ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुदृढ सुरक्षा व्यवस्था आवश्यक भएकाले निर्वाचन केन्द्रित सुरक्षा योजना निर्माण तथा तयारीलाई प्राथमिकतामा राखिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो । विगतका निर्वाचनको अनुभव तथा सिकाइसँगै विद्यमान र सम्भावित सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण एवं मूल्यांकन गरी निर्वाचनका लागि प्रभावकारी सुरक्षा योजना बनाइने पनि मन्त्रालयका प्रवक्ता बुढाले बताउनुभयो । यसैबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सोमबार निर्वाचनमा जुट्न निर्देशन दिनुभयो । सो बैठकमा मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट हाल मौजुदा स्रोत–साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप स्रोत–साधन व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरिएको बुझिएको छ ।

यसैबीच मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा संवेदनशीलताको मूल्यांकन र विश्लेषण गरी आवश्यक विवरण पठाउन निर्देशन दिइसकेको छ ।
निर्वाचन केन्द्रको संख्या र स्थान पहिचान भइसकेपछि प्रहरीले थप सुरक्षा रणनीति बनाउने देखिएको छ । त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षासम्बन्धी सूचना संकलन र विश्लेषणमा ध्यान दिन तथा मूल्यांकनसहितको विवरण पठाउन निर्देशन दिएको छ । निर्वाचन विरोधी गतिविधि, सम्भावित घूसपैठ हुन नदिन राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैमा सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।

अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहका वडाहरुमा मतदाता नामावली अद्यावधिक गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । आयोगले विभिन्न प्रदेशमा काम गर्ने कम्युटर अपरेटरलाई समेत तालिम दिइसकेको बताइएको छ । केही प्रदेशमा तालिम भइरहेको छ । त्यस्तै, मतदानस्थल र मतदान केन्द्र पुनरवलोकन काम शुरु गर्ने निर्देशन दिइसकेको छ । अहिले मतदानस्थल र केन्द्रको पुनरवलोकन गर्न पत्राचार गरिसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । नेपाल समाचारपत्र दैनिक