२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक आगामी आईतवारसम्मका लागि स्थगित भएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठक आईतवारसम्मका लागि स्थगित भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले पटक पटक नेपाली काँग्रेसलाई आसन ग्रहण गरेर सभा सञ्चालनका लागि सहज वातावरण बनाइदिन आग्रह गरेपनि काँग्रेसले उठेर अवरोध जनाएपछि बैठक आईतवार बिहान ११ बजेसम्मका लागि स्थ्गित भएको सभामुख घिमिरेले घोषणा गर्नुभयो । उहाँले विधिसम्मत रुपमा बोल्ने व्यवस्था सदनमा हुने गरेको र बोल्ने वातावरण सत्ता पक्ष र प्रतिपक्ष सबैले बनाउनुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग गर्दै आएको छ । छानबिन समिति नबनेसम्म संसद चल्न नसक्ने काँग्रेसले बताएको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ १५ आईतवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।