२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर



अ+ अ-

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि सामाजिक सञ्जाल तातिएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरु दुई समूहमा बाँडिएका छन् ।

राष्ट्रिय सञ्चारमाध्यमहरुले गृहमन्त्री रवि लामिछानले प्रतिशोध र बदनियत राखेर सिरोहियालाई पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् ।

आज प्रकाशित सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् ।

स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो । नयाँ पत्रिका, नागरिक र कारोबार दैनिक भने यो सामूहिक विरोधमा सामेल छैनन् ।

सामाजिक सञ्जालहरुमा भने सिरोहियाको पक्ष र विपक्षमा मत देखिएको छ । प्रहरीले सिरोहियालाई पक्राउ गरेर प्रेस स्वतन्त्रताको हरण गरेको आरोप लागिरहेका बेला कतिपयले भने नागरिकताको विषयसँग प्रेस स्वतन्त्रता जोड्न नहुने मत राखेका छन् ।

आज यिनै विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरु विभिन्न टिकाटिप्पणीमा लागेका छन् । विभिन्न सञ्चारमाध्यमले ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षक राखेर छापेको एक लाइनको सम्पादकीय र चर्चित कवि अर्जुन पराजुलीले आज लेखेको कवितासमेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।