२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र,

केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा

केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा
अ अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्सले आईपीएल २०२४ को पहिलो स्थानमा रहेर लिग चरणको अन्त्य गरेको छ । टोलीले आईपीएल इतिहासमा पहिलो पटक यस्तो गरेको हो ।

केकेआर यसअघि प्लेअफमा पुगे पनि पहिलो नम्बरमा भने पुग्न सकेको थिएन । श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकाताले बलियो खेल प्रदर्शन गर्दै आफ्नो दबदबा कायम राखेको छ । अब यो टोली तेस्रो आईपीएल उपाधिको प्रतिक्षामा छ ।

कोलकाताले सन् २०१२ र २०१४ मा आईपीएल जितेको थियो । गौतम गम्भीरको कप्तानीमा यो टोलीले दुवै उपाधि जितेको थियो । गम्भीर यसपटक फेरि टोलीसँग जोडिएका छन् । उनी मेन्टरका रूपमा टोलीसँग छन् र उनको आगमनसँगै यो टोली फेरिएको छ । अब कोलकाताले तेस्रो उपाधि जित्छ कि जित्दैन त्यो हेर्न बाँकी छ ।

प्लेअफमा कोलकाताको प्रदर्शन
२०११ – यो वर्ष यो टोली पहिलो पटक प्लेअफमा पुग्यो । यो वर्ष गम्भीरले टोलीको कप्तानी सम्हालेका थिए । तर केकेआर एलिमिनेटरमा मुम्बई इन्डियन्ससँग पराजित भयो । मुम्बईले कोलकातालाई चार विकेटले पराजित गरेको थियो ।

२०१२ – यो वर्ष कोलकाताको टोली लिग चरणमा दोस्रो स्थानमा रहँदै अन्त्य भएको थियो । कोलकाताले पहिलो क्वालिफायरमा दिल्लीको सामना गरेको थियो । कोलकाताले उक्त खेल १८ रनले जितेर सिधै फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा टोलीले दुई पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई पराजित गर्दै पहिलो उपाधि जितेको हो । कोलकाताको जितका नायक मानवेन्द्र बिस्ला थिए ।

२०१४ – उपाधि जितेको अर्को वर्ष अर्थात् २०१३ मा कोलकाताको टोली प्लेअफमा पुग्न सकेन । २०१४ मा, यो टोली फेरि प्लेअफ पुग्यो र यस पटक पनि टोली दोस्रो स्थानमा लिग चरण समाप्त भयो । केकेआरले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर फाइनलको सीधै टिकट पाएको थियो । पञ्जाबले फेरि फाइनलमा कोलकातासँग सामना गर्‍यो र जसमा कोलकाताले पञ्जाबलाई हराउँदै दोस्रो पटक उपाधि जित्यो ।

२०१६ – केकेआर लिग चरणमा चौथो स्थानमा रहँदा उसले एलिमिनेटर खेल खेल्नुपरेको थियो । यो खेलमा केकेआरले सनराइजर्स हैदरावादको सामना गरेको थियो । यस खेलमा कोलकाता २२ रनले पराजित भएको थियो ।

२०१७ – यस वर्षको एलिमिनेटरमा कोलकाताले फेरि हैदरावादको सामना गर्यो । यस पटक पनि यी टोलीहरू एलिमिनेटरमा भिड्दै थिए र यस पटक कोलकाता विजयी भयो । तर क्वालिफायर २ मा कोलकाता मुम्बई इन्डियन्ससँग पराजित भएको थियो ।

२०१८ – कोलकाता यस वर्ष पुनः प्लेअफमा छनोट भयो र एलिमिनेटर खेल खेल्यो । यस खेलमा टोलीले राजस्थान रोयल्सको सामना गर्यो । कोलकाताले राजस्थानलाई २५ रनले पराजित गरेको थियो । तर यसपटक दोस्रो क्वालिफायरमा यो टोली हैदरावादसँग पराजित भएको थियो ।

२०२१ – इयोन मोर्गनको कप्तानीमा रहेको कोलकाता यस वर्ष राम्रो रन रेटका कारण प्लेअफमा पुगेको थियो । केकेआरले एलिमिनेटरमा आरसीबीलाई हराएको थियो । दोस्रो क्वालिफायरमा उसले दिल्ली क्यापिटल्सको सामना गर्यो । कोलकाताले दिल्लीलाई तीन विकेटले पराजित गरेको थियो । केकेआरले फेरि फाइनलमा चेन्नईसँग सामना गर्‍यो र एमएस धोनीको कप्तानीमा चेन्नईले २०१२ को पराजयको बदला लिएर उपाधि जित्यो ।