२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब आइन्स्टाइनको दिमाग चोरी भयो



अ+ अ-

एजेन्सी । सापेक्षताको सिद्धान्त मानव विकासको इतिहासमा ठूलो खोज थियो । सन् १९०५ मा अल्बर्ट आइन्स्टाइनले दिएको सापेक्षताको सिद्धान्तले वैज्ञानिकहरूको संसारमा हलचल मच्चाएको थियो ।

यस सिद्धान्तले हामीलाई समय र स्थान दुवै एकअर्कासँग जोडिएका छन् र गुरुत्वाकर्षणको प्रभावले समय र स्थानको फेव्रिक झुक्छ भनी बताएको छ । यस कारण समय सुस्त हुन्छ । यो खोजले प्रमाणित गर्‍यो कि समय सबै ठाउँमा समान हुँदैन ।

यो एउटा खोजले त्यस समयका वैज्ञानिकहरूका बीचमा ब्रह्माण्डको न्यूटोनियन बुझाइमा धेरै प्रश्नहरू खडा गरेको थियो । आज संसारमा धेरै ठूला वैज्ञानिक आविष्कारहरू जस्तै जीपीएस, परमाणु ऊर्जा, गुरुत्वाकर्षण तरंग खगोल विज्ञान आदि सापेक्षताको सिद्धान्तमा आधारित छन् ।

सोच्नुहोस्, यो विशाल ब्रह्माण्डमा जहाँ हाम्रो पृथ्वीको अस्तित्व नगण्य छ । त्यहाँ यस्तो असाधारण आविष्कार गर्न एक व्यक्तिको लागि ठूलो कुरा थियो । यी सबै खोजका कारण आइन्स्टाइन जीनियसको पर्यायवाची बनेका थिए । उनको प्रतिभा र बुद्धिको सर्वत्र चर्चा भयो । अल्बर्ट आइन्स्टाइनको मृत्यु १८ अप्रिल १९५५ मा प्रिन्सटन, न्यू जर्सीमा भएको थियो ।

आइन्स्टाइनको मृत्युपछि एउटा अचम्मको घटना घट्छ । थोमस हार्वे नामक रोगविज्ञानीले उनको दिमाग चोरी गर्छन् । थोमस हार्वे आइन्स्टाइनको बुद्धिमत्ताबाट धेरै प्रभावित थिए । आइन्स्टाइनको बौद्धिकताको रहस्यलाई उनको बौद्धिकता अध्ययन गरेर समाधान गर्न सकिन्छ भन्ने उनको विश्वास थियो ।

अल्बर्ट आइन्स्टाइनको दिमाग चोरेपछि थोमस हार्वेले यसलाई दशकौंसम्म आफूसँग राखेका थिए । यस समयमा, थोमस हार्वेले आइन्स्टाइनको मस्तिष्कलाई २४० टुक्रामा काटेका थिए । उनले यी टुक्रा सेलोडिनमा सुरक्षित राखेका थिए ।

आइन्स्टाइनको मस्तिष्कको अध्ययनपछि, हार्वे र उनका सहकर्मीहरूले १९८५ मा एक अध्ययन पेपर प्रकाशित गरे । आइन्स्टाइनको मस्तिष्कमा दुई प्रकारका कोशिकाहरू, न्यूरोन्स र ग्लियाको असामान्य अनुपात रहेको दाबी गरिएको थियो । तर, यो अध्ययन निकै विवादास्पद थियो ।