१२ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी, बागमती र गण्डकी प्रदेशमा बिहानैदेखि झरी



अ+ अ-

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज बिहानैदेखि पानी परेको छ ।

पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।