५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद

हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद
अ+ अ-

काठमाडौं । नेपाल हज समितिले हजयात्रीका लागि तय गरेको शुल्क अस्वाभाविक भएको भन्दै सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् ।

यसअघि कार्यवाहक अध्यक्ष मकबुल मियाँले साउदी अरबमा गइ घरभाडा लगायतका विषयमा सम्झौता गरेका थिए । उनले प्रतिव्यक्ति रु. ४ लाख ३३३ मा सम्झौता गरेर आएका थिए । तर भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका र पछि थुनामुक्त भै अध्यक्षको जिम्मेवारी पुन: सम्हालेका शम्शेर मियाँले प्रतिव्यक्ति झण्डै १५ हजार बढी उठाउन थालेका छन् अर्थात् अहिले नयाँ रेट रु. ४ लाख १५ हजार तोकेर रकम असुल्न थालिएको छ । साउदीमा १२ सय देखि १३ सय रियालमा घरभाडा सम्झौतामा भएको तर हज समितिमा भने दुई हजार रियालको सम्झौता गरिएको समितिका एक सदस्यले जानकारी दिए ।

उनीहरुले हजयात्रीबाट असुल्न लागेको नयाँ रेटका कारण समितिका पदाधिकारीले करोडभन्दा बढी रकम झ्वाम पार्नेछन् । घर भाडामा मात्र धेरै ठूलो रकम अनियमतिता भएको दाबी ती सदस्यले गरे । ती सदस्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाह र पूर्व अध्यक्ष शमशेर मियाले बर्तामान अध्यक्ष इस्रामुल्ला मियालाई डमि अध्यक्ष बनाउदै मनोमानी ढंगबाट काम गरिरहेका छन् । हाल हज समितिका अध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ईस्रामुल्ला मियाँ नियुक्त भएका छन् । समितिका ती सदस्यका अनुसार अन्य दलका मुस्लिम समुदायका तर्फबाट सांसद बनेकाहरुलाई कुनैपनि छलफलमा नबोलाउने तर शाह भने निरन्तर छलफलमा सहभागी हुँदै आएका छन् ।

समितिको यही बैशाख २४ गते बसेको बैठकले सांसद शाहका भाइ आशिफ शाह सहित अन्य ६ जना सदस्य रहेको उपसमिति गठन गरेको छ । त्यसमा पनि सात सदस्य रहेका समितिमा काठमाडौबाट शाहका आफन्त ५ जना नियुक्त भएका ती सदस्यले बताए । समितिमा अलिम अहमद हलुवाई, मुजम्मिल मियाँ अन्सारी, मो विलास खान, जफर हुसेन, मो अबुवकर सिद्दिकी उद्दिन मुस्लिम र पञ्चकाश्मिरीका प्रतिनिधि रहेका छन् ।हलुवाई जसपाका महासचिब मो ईस्तयक राईका सबारी चालक हुन् ।

शम्शेर मियाको पदावधि सकिए पनि हाल उनैको हालिमुहालीमा हज समिति चलिरहेको ती सदस्यले गुनासो गरे । २५ सदस्य रहेको केन्द्रीय समितिमा १५ सदस्य अशिम शाह निकट रहेका छन् । ती सदस्यले भने सांसद शाह र कानुनी हैसियत नभएका शम्शेर मियाँ बिच हजको विषयमा दैनिक पटकपटक कुरा हुने गरेको छ । ती सदस्यले भने उहाँहरु बिच कलडिटेलका बारेमा छानबिन गर्ने हो भने पनि धेरै तथ्थ उजागर हुन्छ ।

यो पनि पढ्नुहोस- केन्द्रीय हज समितिमा अनियमितताको चाङ, पटक पटक अतिरिक्त शुल्कले हाजीहरु हैरान

एकलौटी रुपमा उपसमिति गठन गरिएको भन्दै नेकपा एमाले , माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीमा आबद्ध मुस्लिम प्रतिनिधिहरुले अध्यक्षको ध्यानाकर्षण गराउँदै तालाबन्दी गर्न गएका थिए तर अध्यक्षले आफुले गल्ती गरेको भन्दै माफि मागेपछि तालाबन्दी गर्न आएको टोली फर्किएको ती सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार हजयात्रीसंग संगै जानु पर्नेमा अध्यक्ष नै यही बैशाख २८ गते साउदी जाने तयारी गरिरहेका छन् तर हजयात्रीहरुको पहिलो लट भने जेष्ठ २ गते जानेछन् । पहिलो लटमा १५० जना सहभागी हुनेछन् ।

ती सदस्यका अनुसार सांसद शाह र पूर्व अध्यक्ष शमशेर मियाका प्रतिनिधी भने साउदी पुगिसकेका छन् । बिगतका गरिएको सम्झौता अनुसारको कमिसनको पहिलो किस्ता बापतको एक लाख रियाल अग्रीम भुक्तानी लिईसकेको ती सदस्यले दाबी गरे ।

बिगतमा हजयात्रीलाई मक्का नजिककै होटलमा राख्ने गरिएको भएपनि यस पटक टाढा र डाडाँको होटलमा राखिएको छ । ती सदस्यले भने साउदीको तातोमा वृद्ध हाजीहरु ४५ दिन कसरी ओहोरो दोहोरो गर्लान् ? बिगतमा १५ सयसम्म हजयात्री मक्का जाने गरेकोमा यस पटक ७४५ जना मात्र जाने भएका छन । ती सदस्यले भने समिति प्रति विश्वास नगरेर नै जाने यात्रुको संख्यामा कमी आएको हो ।

ती सदस्यले भने यस बिषयमा तत्काल प्रधानमन्त्री कार्यलय र गृहमन्त्रालयले तत्काल छानबिन गर्नुपर्छ नत्र हज प्रति मुस्लिम समुदायको आस्था र बिश्वास दिनानुदिन घट्दै जाने छ ।