• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी



काठमाडौँ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ सरकारले कानून निर्माणमा ढिलाई गरिरहेकाले प्रदेशमा कानून कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ ।

कानून दिवसको अवसरमा गृह, सञ्चार तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले संघ सरकारले कानून निर्माणमा तदारुकता नदेखाए प्रदेशहरुमा कानून कार्यान्वयनमा समस्या रही रहने बताउनुभएको हो । उहाँले संघ सरकारलाई कानून निर्माणमा ढिलाई नगर्न आग्रह समेत गर्नुभयो । मधेस सरकारले कम समयमै आवश्यक कानून निर्माणको दिशामा धेरै काम गरेको दाबी गर्दै मन्त्री लेखीले सो को कार्यान्वयनमा जटिलता देखिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

यो समस्या समाधान गर्नका लागि गृह, सञ्चार तथा कानून मन्त्रालयले विभिन्न क्षेत्रका सम्बन्धित व्यक्तिसँग छलफल तथा संवादलाई अगाडी बढाएको जानकारी दिनुभयो । उहाँले संविधानको पालन तथा ऐन कानूनको पालना तीन तहका सरकार प्रमुख, राज्यका हरेका निकायमा प्रतिनिधित्व गर्नेहरुले गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा गृह,सञ्चार तथा राज्य मन्त्री शारदा थापाले जनताले हामी प्रदेस सभा सदस्यहरुको भुमिकाका विषयमा स्पष्ट नरहेको बताउनु भयो । उच्च अदालत जनकपुरका मुख्य न्यायधीश श्रीकान्त पौडेलले मधेसमा कानूनहरु निर्माण भएपनि जनताहरुका बीचमा सो को जानकारी नहुनु चिन्ताको विषय रहेको बताउनु भयो ।