१२ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको गौरीघाटमा आगलागी



अ+ अ-

काठमाडौं । काठमाडौंको गौरीघाटस्थित एक टहरामा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ७ गौरीघाटस्थित टेन्ट पण्डाल राखिएको एक टहरामा आगलागी भएको हो ।

बिहान ४ बजेदेखि लागेको आगो ६ बजे मात्र नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट टहरा नजिकै रहेका १/२ वटा घरमा पनि सामान्य क्षति पुगेको छ । चार वटा दमकलको प्रयोग गरी आगो नियन्त्रणमा लिएको छ ।

आगलागीबाट मानवीय क्षति भएको छैन । भौतिक क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।