२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको निष्कर्षः सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ



अ+ अ-

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारका पार्टीको सहभागिताालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलवार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भुमिका खेल्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । पार्टी महाधिवेशनको कामलाई छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई बैठकले सचेत गराएको पनि प्रवक्ता खतिवडाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज विकसित भएका राजनीतिक घटनाक्रमहरु समसामयिक परिस्थितिमा विकसित भएका घटनाक्रमहरुलाई पार्टीले गहिरोपूर्वक अध्ययन तथा विश्लेषण गरेको छ । र, यो परिस्थितिमा धेरै नै जिम्मेवारीपूर्वक आफ्ना कदमहरुलाई अघि बढाउने भन्ने हामीले निष्कर्ष निकालेका छौं । आज हामी सरकारमा छौं । सरकारमा हाम्रो निरन्तरता रही नै रहनेछ । कतिपय व्यक्तिहरुले, संस्थाहरुले सार्वजनिक ठाउँमा जे चर्चा गरिएको छ । सरकारबारे पार्टीले अन्यथा निर्णय गरेको छैन । र, आगामी दिनमा निकट भविष्यमा सरकारको नीति तथा कार्यक्रम आउँदैछ । र, बजेटको तयारी अन्तिम अवस्थामा पुगेको छ । हाम्रो पार्टी हाम्रो पार्टीको संसदीय दललाई नीति, कार्यक्रममा, बजेटमा, यसको निर्माण प्रक्रियामा र संसदमा प्रभावकारी भुमिका खेल्नका निम्ति निर्देशन दिन्छ भनेर पार्टीले निर्णय गरेको छ ।

पार्टीले अर्को निर्णय गरेको छ–महाधिवेशनको तयारीको काम अत्यन्त तिब्र गतिमा भइरहेको छ । यो तयारीसँग जोडिएका आवश्यक कामहरु प्रभावकारी ढंगले सम्पन्न गर्नका निम्ति सम्पूर्ण कमिटीहरुलाई पुनः पार्टीले आह्वान गरेको छ । यीनै विषयलाई केन्द्रमा राखेर आज हामीले निर्णय गरेका छौं । पाटीमा आज जति सवाल उठेको छ । यी सबै विषयहरुमा छलफल गरेका छौं । र पार्टी एक ढिक्का छ । यहाँ कुनै वैमष्यता छैन । सम्पूर्ण नेताहरु, सम्पूर्ण कार्यकर्ताहरु पार्टीको महाधिवेशन सम्पन्न गर्न तोकिएका जिम्मेवारीहरुमा देशव्यापी रुपमा लागिरहनु भएको छ । त्यसमा कुनै समस्या छैन भन्ने कुरामा पाटी प्रष्ट छ ।’

बैठकमा नेताहरुले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पार्टी भित्र कुनै समस्या नभएको निष्कर्ष पनि बैठकले निकालेको नेकपा एसले जनाएको छ ।