२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने



file photo
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारबाट समर्थन फिर्ता नलिने भएको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका छन् ।

आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डसँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताए ।

यादवले आजै पार्टीका शीर्ष नेता तथा सांसदहरूसँग छलफल गर्ने भएका छन् । उनी जनसङ्ख्या सम्बन्धी एक कार्यक्रममा भाग लिन वैशाख १५ गते अमेरिका गएका थिए । अमेरिकाबाट कतार हुँदै उनी हिजो राती काठमाडौँ आइ पुगेका हुन् ।

उनी अमेरिकामा भएकै बेला वैशाख २२ गते अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएको थियो । राईले निर्वाचन आयोगमा जसपा नामको पार्टी दर्ता गराई सकेका छन् ।




भर्खरै