२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित



अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सदस्यहरुसँग विश्वासको मत मागेका छन् ।

उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राखेपछि सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

प्रदेशसभा बैठकमा एमाले र माओवादीले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिने भएका छन् । यस्तै, स्वतन्त्र सांसद दीपक मनाङेले पनि विश्वासको मत दिनेछन् । यता, नेपाली कांग्रेसले मत नदिने भएको छ भने राप्रपा तटस्थ रहने भएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।