• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् । आइतबार प्रदेशसभाको बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको समर्थन चाहिन्छ । जसमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् ।

सरकार अल्पमतमा परेपछि तत्कालिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत चैत २१ गते राजीनामा दिएका थिए ।