२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् । आइतबार प्रदेशसभाको बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको समर्थन चाहिन्छ । जसमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् ।

सरकार अल्पमतमा परेपछि तत्कालिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत चैत २१ गते राजीनामा दिएका थिए ।