२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दामा जेठ १ गते पेशी



file photo: can
अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी जेठ १ गतेलाई पेशी तोकिएको छ ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन गएका थिए । उनको उक्त पुनरावेदन मुद्दामा आज पेशी भएपनि न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित भएको हो ।

उनको मुद्दामा आज मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तोकिएपनि यसअघिको सुनुवाइमा न्यायधीश निरौलाले नै झगडिया झिकाउने आदेश दिएको कारण हेर्न नमिल्ने सूचीमा परेको हो ।

झगडिया झिकाउने आदेश दिने न्यायाधीशले स्वार्थ बाझिने भन्दै अर्को सुनुवाइ नगर्ने अभ्यास छ ।