११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई

सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई
अ अ+ अ-

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताउनुभएको छ । सत्ता साझेदार दलहरुबीचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको उहाँले बताउनुभयो ।

आज पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार बनाउने अर्को विकल्प सहज नभएकाले उक्त प्रतिबद्धताअनुसार दलहरु अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । छिमेकी देशहरुमा तीव्ररुपमा विकास भइरहेकाले उनीहरुलाई पछ्याउनका लागि पनि वर्तमान सरकार टिकाई राख्नुपर्ने उहाँको भनाइ छ ।

कतिपयले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए पनि त्यसका लागि समय बितिसकेको उहाँले बताउनुभयो । वर्तमान सरकारलाई समर्थन गर्नुअघि मुलुकको बिगँ्रदो अवस्थालाई नियन्त्रण गर्न नेपाली कांग्रेससँग छलफल गर्न खोजेको तर कांग्रेसले तत्परता नदेखाएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने निर्णयमा पुगेको उहाँको भनाइ थियो ।

उहाँले सत्तामा सामेल ठूलो दल एमालेले सरकारको नेतृत्वलाई सजिलो बनाउने र असन्तुष्ट दलहरुलाई सन्तुष्ट बनाएर अघि बढ्ने जानकारी दिनुभयो । कतिपयले अहिलेको समीकरणलाई वामपन्थी एकता वा धु्रवीकरण भनेर भन्ने गरे पनि त्यो नभएको उहाँले स्पष्ट पार्नुभयो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी विवादमा परेको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको सन्दर्भमा उहाँले संसदीय छानबिन समिति अन्तिम हतियार भएकाले तत्काल प्रयोग गर्न नहुने बताउनुभयो ।