२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाइदिएः रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ ।

शुक्रवार साँझ पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निस्कर्ष निकालेको हो । उपननिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताउनु भयो ।

उहाँले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताउनु भयो । उहाँले प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय भएको पनि बताउनु भयो । उहाँले सरकारमा पार्टीले गरेका कामहरुको मूल्यांकन गर्न टिम बनाउने निर्णय भएको बताउनु भयो । इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाएको निस्कर्ष पनि पार्टीले निकालेको छ ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा हामीले निर्वाचनको बारेमा समीक्षा गरेका छाँै । समीक्षापछि कहाँनेर गल्ती भयो । हामीले नेपाली जनतामा जुन आशा गरेका थियौँ । त्यो आशा जगाउने हाम्रो आशालाई जगाइराख्न र हामीले भन्दै आएको ०८४ मा यो देशमा एकलौटी सरकार बनाउने गरी गर्नुपर्ने काम कुराहरुका बारेमा पार्टीगत रुपमा कहाँ कर कसरी कमजोरी गरेका छौँ ।

पार्टी संगठनको अवस्था अबको दिनमा के हुने ? पार्टी संगठनको आकार, मोडल, पार्टीले लिनुपर्ने धारणाको बारेमा समग्र समीक्षा गर्न पार्टीले मलाई महामन्त्रीको रुमपा सम्पूर्ण पार्टी सदस्यहरुको भावना, सुझाव बुझ्नका लागि आगामी जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको छ । त्यस आधारमा पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने, सोही प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने भन्ने निर्णय भएको छ ।

सरकारको पर्फमेन्स बढाउन पार्टीका साथीहरुको टिम बनाइएको छ, त्यो टिम कन्फर्म गर्ने । सरकारमा पार्टीले गरेका कामहरुको मूल्यांकन गर्न टिम बनाउने । मन्त्रालयसँगको पार्टीको सम्बन्धलाई मजबुत बनाउने निर्णय भएको छ । इलामका जनताले घण्टी नबजाइकन बजाएको जुन सांकेतिक घण्टीको आवाज सुन्नका लागि हामी तलसम्म जाँदैछाँै । हामीले खुला पार्टी सदस्यतालाई अघि बढाएका थियौँ । नयाँ पार्टीको रुपमा खुला पार्टी सदस्यतालाई अघि बढाउनुपर्ने पनि बाध्यता थियो । अब यो यात्रापछि यसको बारेमा पनि विश्लेषण गर्दछौँ ।’

पार्टीले पार्टी सदस्यता दिने कुरालाई देश दौडाहापछि विश्लेषण गरी नर्णिय गरिएको बताउनु भयो ।